फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीस शिखर सम्मेलन सम्पन्न "ब्यूनस आयर्स घोषणा पत्र" पारित

(GMT+08:00) 2018-12-03 09:50:02

डिसेम्बर १ तारिख दिउँसो बीस मुलुक समूहका नेताहरूको तेह्रौं शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा सम्पन्न भएको छ। सोही दिन "ब्यूनस आयर्स घोषणा पत्र" पारित गरिएको छ। अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीलगायतका नेताहरू तथा मन्त्रीहरूले उक्त समापन सम्मेलन र सोही दिन आयोजित पत्रकार सम्मेलनमा भाग लिई शिखर सम्मेलनको उपलब्धिबारे जानकारी दिनुभएको छ।

यस पटकको जी बीस शिखर सम्मेलन अर्जेन्टिनाले आयोजना गरेको सबैभन्द उच्च परिमाणको अन्तर्राष्ट्रिय सम्मेलन हो। दुई दिने सम्मेलनमा जी बीस सदस्यहरू र अतिथि मुलुकहरूका नेताहरू तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूले विश्व अर्थतन्त्रको परिस्थिति, व्यापार, लगानी, दिगो विकास, जलवायु परिवर्तन, आधारभूत प्रबन्ध, ऊर्जा स्रोत, रोजगारआदि विषयहरूबारे छलफल गरेका थिए। अर्जेन्टिनाका राष्ट्रपति माक्रीले पत्रकार सम्मेलनमा जी बीसले विभिन्न पक्षका लागि वार्ता र संयुक्त रुपमा काम गर्ने चौतारो उपलब्ध गराएको र यस चौतारोमार्फत विभिन्न पक्षबीच सहमति प्राप्त भएको बताउनुभयो।

"ब्यूनस आयर्स घोषणा पत्र"ले अन्तर्राष्ट्रिय व्यापार र लगानीले आर्थिक वृद्धि, उत्पादन शक्तिको वृद्धि, नवीकरण विकास तथा रोजगार आदि क्षेत्रहरूमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेको छ। जी बीस शिखर सम्मेलन सम्पन्न भएको दिन आयोजित पत्रकार सम्मेलनहरूमा धेरै नेताहरू र मन्त्रीहरूले चीनले यो क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। माक्रीले चीनको विकास त्रास-धम्की नभएको र एउटा मौका भएको भन्दै चीनले अर्जेन्टिनालाई अझै धेरै रोजगार अवसर पुर्‍याउनसक्ने, अर्जेन्टिनाका नागरिकलाई विकास सुअवसर उपलब्ध गराउनसक्ने बताउनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु