फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्र मन्त्रालयअन्तर्गत जी बीस मामिला विदेशदूतबाट जी बीसको १३औं शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीको सहभागिताबारे चर्चा

(GMT+08:00) 2018-12-03 10:18:16

परराष्ट्र मन्त्रालयअन्तर्गत जी बीस मामिला विदेशदूत एवम् अन्तर्राष्ट्रिय अर्थतन्त्र विभागका प्रमुख वाङ स्याउ लुङले १ तारिख अर्जेन्टिनामा चिनियाँ तथा विदेशी सञ्चार माध्यमलाई जी बीसको १३औं शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीको सहभागिता सम्बन्धमा चर्चा गर्नुभएको छ।

उहाँका अनुसार, संरक्षणवाद र एकपक्षीयतावाद बढ्ने क्रममा रहेको यस स्थितिमा र साथै विश्व अर्थतन्त्रमा देखिएका मौका र चुनौतीको पृष्ठभूमिमा जी बीस शिखर सम्मेलनको आयोजना भएको हो। जी बीसका सदस्य मुलुक तथा अतिथि देशका नेतागण र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुले विश्वमा आर्थिक लगायत महत्वपूर्ण समस्याबारे छलफल गरेर "जी बीसअन्तर्गत ब्यूनस आयर्स शिखर सम्मेलनको घोषणा पत्र" पारीत गर्दै अन्तर्राष्ट्रिय समाज तथा बजारलाई सक्रिय सूचना दिएको छ। जसले अन्तर्राष्ट्रिय आर्थिक सहयोगसम्बन्धी मुख्य मञ्च भएको हैसियतमा जी बीसको सहयोगात्मक प्रकृतिलाई कायम राखेको छ। चीनले शिखर सम्मेलनको सफलतालाई शुभकामना व्यक्त गर्नुका साथै अध्यक्ष मुलुक अर्जेन्टिना तथा विभिन्न पक्षको प्रयास कार्यलाई प्रशंसा गरेको छ।

चालु वर्ष जी बीसको दशौं वार्षिकोत्सव हो र राष्ट्राध्यक्ष सीको यो छैठौं पटकको जी बीसको शिखर सम्मेलन हो। सो अवसरमा राष्ट्राध्यक्ष सीले उक्त शिखर सम्मेलनका तीन चरणमा सहभागी हुनुभइ आफ्नो मन्तव्य राख्नुभएको छ।

शिखर सम्मेलनको अवसरमा चीनले छलफलमा सकारात्मक रुपमा भाग लिएर महत्वपूर्ण भूमिका खेलेको छ।

पहिलो, बहुपक्षीय व्यापार प्रणालीको सुरक्षा र डब्लुटिऔको सुधारमा सहमति हासिल गर्न चीनले योगदान दिएको छ।

दोस्रो, विश्व आर्थिक विकास दिशानिर्देश गरेको छ।

तेस्रो, विश्वव्यापी प्रशासनको सुधार तथा पूर्ण गर्न चीनले आफ्नो योजना प्रस्तुत गरेको छ।

चौथो, विभिन्न देशको सहयोगमा जल-वायु परिवर्तनको सामना गर्ने दृढ अठोट देखाएको छ।

जानकारी तथा लेखहरु