फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेट-वार्ता

(GMT+08:00) 2018-12-03 10:48:25

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीबीच डिसेम्बर २ तारिख ब्यूनस आयर्समा भेट-वार्ता भएको छ। भेट-वार्ताको क्रममा अझ व्यापक दृष्टिकोणबाट आपसी सम्बन्धको विकास योजना कोर्दै हातमा हात मिलाएर सर्वाङ्गीण रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धको नयाँ युगमा अघि बढ्दै जाने सहमति दुई देशका राष्ट्रनायकहरूले गर्नुभएको छ।

दुइ देशका राष्ट्रनायकहरूले 'जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना सरकारको संयुक्त कार्य-योजना २०१९-२०३०' लगायत द्विपक्षीय सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा उपस्थिती जनाउनुभएको छ।

दुवै पक्षले'जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना संयुक्त विज्ञप्ति'पनि सार्वजनिक गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु