फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्रध्यक्ष सी पानामाको भ्रमणमा

(GMT+08:00) 2018-12-03 11:08:10

चीनका राष्ट्रध्यक्ष सी चिन फिङले डिसेम्बर २ तारिख पानामा शहर पुगी पानामाको राजकीय भ्रमण थाल्नुभएको छ। यसअघि पानामाका राष्ट्रपति हुवाँ कार्लोस भारेलाले विमानस्थलमा सीका लागि भव्य स्वागत समारोहको आयोजना गर्नुभएको थियो।

स्वागत समारोहको क्रममा राष्ट्राध्यक्ष सीले यो पहिलो पानामा भ्रमण भएको बताउनुका साथै इतिहासमै चीनका राष्ट्राध्यक्षको पहिलो पानामाको भ्रमण भएको पनि बताउनुभयो। उहाँले डेढ वर्षअघि मात्र चीन र पानामाले एक चीन नीतिको आधारमा दौत्य सम्बन्ध स्थापना गरेको र दुई देशबीच लगभग १६० वर्षको आदान-प्रदान सम्बन्धमा नयाँ अध्याय खुलेको पनि बताउनुभयो। साथै चीन र पानामाको सहयोगमा प्रशस्त निहित शक्ति रहेको बताउनुहुँदै दुई देश र जनताबीच दीर्घकालीन हितको सम्बन्ध बनेको आफ्नो सम्बोधनको क्रममा व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले अर्जेन्टिनाको राजकीय भ्रमण पूरा गरेपछि पानामाको भ्रमण सुरु गर्नुभएको हो। पानामा यस भ्रमणको तेस्रो गन्तव्य हो। त्यसपछि राष्ट्राध्यक्ष सीले पोर्चुगलको भ्रमण गर्नुहुनेछ।

जानकारी तथा लेखहरु