फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोर्चुगलको पत्रिका राष्ट्राध्यक्ष सीको लेख सार्वजनिक

(GMT+08:00) 2018-12-03 16:03:56

आज डिसेम्बर तीन तारिख गणतन्त्र पोर्चुगलको राजकीय भ्रमण गर्नुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पोर्चुगलको डियारियो द नोतिसियास नामक अखवारमा "समय र क्षेत्र पार हुने मित्रता, भविष्यमा सामना हुने साझेदारी" शीर्षकमा लेख सार्वजनिक गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको सो लेखमा दुई महिनापछि दौत्य सम्बन्ध स्थापना भएको चालीस वर्ष पुग्ने र चालीस वर्षमा चीन-पोर्चुगल सम्बन्ध स्थिर हुँदै छिटो विकास भइरहेको उल्लेख छ। हाल चीन र पोर्चुगल आ-आफ्नो विकासको मुख्य अवधिमा रहेका र चीनले पोर्चुगलसँग आपसी विश्वास र बुझाइ बढाएर व्यावहारिक सहयोगलाई विस्तृत गरी चीन-पोर्चुगल सम्बन्धलाई अघि बढाउने इच्छा चीनले लिएको लेखमा उल्लेख छ।

दुई पक्षको साझा प्रयासमा नयाँ अवधिको चीन-पोर्चुगल सम्बन्धको डुङ्गा यात्रा अझै उज्ज्यालो भविष्यतिर लम्किएर दुई देशका जनतालाई अरु बढी फाइदा पुर्‍याउनुका साथै मानव भाग्य समूदायको रचनामा अझ ठूलो योगदान गर्ने विश्वास रहेको लेखमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु