फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीसको सहमतिलाई राष्ट्रसंघका महासचिवद्वारा स्वागत

(GMT+08:00) 2018-12-03 16:21:50

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले हिजो डिसेम्बर दुई तारिख एक वक्तव्य प्रकाशित गर्दै जी बीस समूहको तेह्रौँ शिखर सम्मेलनमा बहुपक्षीयवाद, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयबारे सहमति सम्पन्न भएकोमा स्वागत व्यक्त गर्नुभएको छ।

गुटेरेसले जी बीस समूह नेतागणबीच ब्यूनस आर्यस शिखर सम्मेलनको घोषणा पत्रमा जी बीस समूह नेताले बहुपक्षीयवादमार्फत व्यापार समस्याको समाधान तथा विश्व व्यापार संगठनको सुधार गर्ने महत्व बुझ्नुका साथै नियममा आधारित अन्तर्राष्ट्रिय आदेशको पालना गर्ने कुरा दोहोर्‍याएको जानकारी दिनुभयो। सन् 2030 सम्ममा दिगो विकास प्रकृयाको समर्थन नैतिक उपकरणमार्फत बलियो, दिगो, सन्तुलित, उदार रुपमा बृद्धि हुने वचनबद्धता घोषणा पत्रमा दोहोर्‍याइएको गुटेरेसले उक्त वक्तव्यमा व्यक्त गर्नुभएको छ।

जलवायु परिवर्तनबारे चर्चा गर्दै गुटेरेसले आफ्नो वक्तव्यमा जी बीस नेताले पेरिस सम्झौतामा हस्ताक्षर भएका मुलुकलाई पूर्ण समर्थन दिएको विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु