फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पानामा सम्बन्ध विकास र विश्व विकास प्रवृत्तिसँग अनुकूल

(GMT+08:00) 2018-12-03 18:29:41

गत एक सय वर्षयता चीन र पानामाबीचको सम्बन्ध एक नहरद्वारा जोडिएको छ। सन् 2017 मा चीन-पानामा दौत्य सम्बन्ध स्थापना भएपछि दुई देशबीचको सम्बन्धमा ऐतिहासिक परिवर्तन भएको हो। हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पानामाको भ्रमण गर्नुहुँदैछ जसबाट दुई देश सम्बन्ध नयाँ अवधिमा प्रवेश भएको मानिन्छ। गत एक वर्षमा दुई देशबीचको सम्बन्धमा ठूलो विकास भएको छ। जसबाट विश्व विकासको प्रवृत्ति र देशबीचको सद्भाव प्रतिबिम्बित भएको छ।

एक सय साट्ठी वर्षअगाडि पहिलो चिनियाँ दल पानामा पुगेर रेलमार्ग र नहरको निर्माणमा सहयोग गरेका थिए र यो नहरबाट चीन र पानामाबीचको सम्बन्ध सुरु भएको थियो। त्यसपछि दुई देश सम्बन्धको नयाँ विकास अवस्था पनि सुरु भएको थियो। चीन र पानामाका सामु ठूलो विकासका अवसर देखा परेका छन्। विश्वको क्रसरोडको रुपमा मानिएको पानामाको खुला आर्थिक विशेषता रहेको छ। एक वर्षयता चीनको ऊर्जा स्रोत, वित्त, दूरसंचार, पूर्वाधार, विज्ञान तथा प्रविधि उद्योग एकपछि अर्को गरी पानामामा प्रवेश भएर हजारौँ रोजगार प्रदान गरेका छन्। गत अप्रिलमा चीन-पानामा सिधा हवाइ सेवा सुरु भयो। पानामाले विश्व रसद केन्द्रको निर्माण गरी चीनको वेल्ड एन्ड रोडसँग मिल्न प्रयास गरिरहेको छ यसलाई पानाका संचारमाध्यमले सुनौलो अवसर भनेर उल्लेख गरेका छन्।

भविष्यमा दुई देशबीचमा गहिरो सहयोग विकासको प्रवृत्तिसँग अनुकूल रहेको छ। चीन-पानामा सम्बन्ध उकासिएबाट आपसी सम्मान र विश्वासको आधारमा खुला भएर साझा हितयुक्त भविष्य पाउनसकिने प्रमाण भएको छ।

जानकारी तथा लेखहरु