फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र पानामाको राष्ट्रिय सभाका अध्यक्ष अब्रेगोबीच भेट

(GMT+08:00) 2018-12-04 09:48:13
डिसेम्बर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पानामा सिटीमा पानामाको राष्ट्रिय सभाका अध्यक्ष यानिबेल अब्रेगोसँग भेट गर्नुभएको छ। पानामाका मुख्य पार्टीहरूका जिम्मेवार व्यक्तिहरू उक्त भेटमा सहभागी भएका थिए।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन र पानामाको दौत्य सम्बन्धको स्थापनाबाट दुई मुलुकका जनता लाभान्वित हुने र दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको साढे एक वर्षयता दुई मुलुकबीचको सहयोगबाट भएको सशक्त विकास र प्रशस्त उपलब्धिले उक्त कुरा प्रमाणित गरेको व्यक्त गर्नुका साथै चीनले एक चीनको नीतिको आधारमा पानामासँग दुई मुलुकको सम्बन्धको विकासलाई दृढताका साथ अगाडि बढाउने आशा लिएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले पानामाको राष्ट्रिय सभा र अध्यक्ष श्रीमती अब्रेगोले चीन र पानामाबीच दौत्य सम्बन्धको स्थापना गर्न समर्थन दिएको र दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएपछि पानामाको राष्ट्रिय सभाले तुरुन्तै रुपमा पानामा-चीन मित्रता टोलीको स्थापना गरेकोमा प्रशंसा पनि व्यक्त गर्नुभयो।

राष्ट्रिय सभा अध्यक्ष अब्रेगोले पानामाको विभिन्न पक्षले राष्ट्राध्यक्ष सीलाई पानामाको भ्रमण गर्न स्वागत गरेको बताउनुभयो। उहाँले सीको यस पटकको महत्वपूर्ण भ्रमणले पानामा र चीनबीचको सम्बन्धलाई सुदृढ पार्ने र सबल पार्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु