फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र पानामाका राष्ट्रनायकद्वारा व्यवसायीसँग भेट-वार्ता

(GMT+08:00) 2018-12-04 09:58:35

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पानामाका राष्ट्रपति हुवाँ कार्लोस भालेराले ३ तारिख पानामा शहरमा चीन-पानामा आर्थिक तथा व्यापारिक सहयोग गोष्ठीमा सहभागी व्यवसायीहरुसँग भेट-वार्ता गर्नुभएको छ।

सो भेटमा राष्ट्राध्यक्ष सीले दुई देशबीच दौत्य सम्बन्धको स्थापनाले विभिन्न क्षेत्रीय सहयोगका लागि व्यापक रूपमा खुला भएको औल्याउनुभयो। दुई देशका व्यवसायहरु सहयोगको मुख्य शक्ति भएको बताउनुहुँदै दुई पक्षले राम्रो मौकाको उपयोग गरी प्रयासमा सहयोगलाई विस्तार पार्नुपर्ने पनि औल्याउनुभयो। चीनले सदिच्छापूर्ण रुपमा बजार खोलेर पानामालगायत विभिन्न देशका व्यवसायीलाई चीनमा लगानी र व्यवसाय गर्न स्वागत गरेको र साथै साझा विकास तथा समृद्धिका लागि चीनले चिनियाँ व्यवसायलाई पानामामा व्यापार र व्यवसाय गर्न प्रेरणा गरेको पनि बताउनुभयो।

राष्ट्रपति भालेराले अझ बढी चिनियाँ व्यवसायलाई पानामामा लगानी गर्न स्वागत गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु