फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा अमेरिकाका लागि आउने ३ महिना निर्णायक

(GMT+08:00) 2018-12-04 10:58:42

डिसेम्बर १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अर्जेन्टिनामा भेट-वार्ता भएको छ। वार्तापछि दुवै पक्षले भन्सार करको स्तरोन्नति लगायत व्यापारलाई सिमित पार्ने कदमहरू बन्द गर्ने निर्णय गरेका छन्। आउने ९० दिनमा दुवै पक्षले छलफल गर्दै चालू वर्षयता चलिरहेको एक अर्कामा भन्सार कर असुल्ने कार्वाहीलाई रद्द गर्ने सम्झौता सम्पन्न गर्ने आशा गरिएको छ। साथै सो सम्झौता सम्पन्न नभएको खण्डमा अमेरिकाले व्यापार द्वन्द्वलाई चर्को पार्ने सम्भावना देखिएको छ।

भेट-वार्ताबाट प्राप्त यस उपलब्धिलाई कसरी हेर्ने त?

सर्वप्रथम दुई देशका राष्ट्रनायकहरूले चर्कँदै आएको व्यापार द्वन्द्वमा ब्रेक लाउनुभएपछि द्वन्द्व केही समयको लागि स्थगीत भएको छ। जसबाट दुवै पक्ष बीच हुने समस्याको समाधान सम्बन्धि छलफलको लागि एउटा दिशा देखाइएको छ साथै वार्ताले ठूलो सम्भावना बोकेकाले यस परिवर्तनको निकै महत्व भएकोमा कुनै शंका छैन। यसका साथै आउने ३ महिनामा चालिने दुई देशका व्यापार वार्ता टोली बीचको वार्ताको नयाँ चरण जटिल र कठिन हुने स्वाभाविकै कुरा हो।

चीन र अमेरिका बीचको व्यापार द्वन्द्व स्थगीत किन भएको हो?

यसको मुख्य कारण बितेका ८ महिनामा चलिरहेको व्यापार द्वन्द्वका कारण दुवै पक्षले मूल्य तिरिसकेका छन्। तथ्याङ्क वमोजिम, गत १० महिनामा अमेरिकाको सामान व्यापारमा भएको घाटा ७७.२ अरब अमेरिकी डलर भइसकेको छ र इतिहासमा नयाँ रेकर्ड बनेको छ भने चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा अमेरिकाले पाएको प्रत्यक्ष विदेशी लगानी ऋणात्मक भएको छ र ८.२ अरब अमेरिकी डलर पुगेको छ। बितेका ८ महिनाको वास्तविक अवस्थाबाट के प्रमाणित भएको छ भने व्यापार द्वन्द्वमा बिजय प्राप्त गर्ने पक्ष नै छैन बरू दुवैले पक्ष हार मात्र खाने छन्।

इमान्दार भएर भन्नुपर्दा ३ महिनाको छलफल समय यति जटिल व्यापार द्वन्द्वको लागि भारी कार्य बोक्ने खालको र निकै उतेजक छ। अमेरिकाबाट प्रस्तुत बौद्धिक सर्वाधिकारको संरक्षण, प्राविधिक सहयोग, बजार प्रवेश मापदण्ड लगायतका बनौटमूलक समस्याप्रति चीन पक्षको प्रधान अडान यस्तो छः चीनमा भइरहेको सुधार तथा खुलापनको दिशासँग अनुकूल विषय नै आउने ३ महिनामा हुने छलफलका महत्वपूर्ण विषय सूची हुन्। यसका साथै चीनले अमेरिकासँग आफ्नो ध्यानबारेमा गम्भीर रूपमा प्रस्तुत गरेपछि अमेरिकाले प्रतिक्रिया जनाएको छ। तापनि वास्तविक वार्तामा हरेक विस्तृत विषयबारे दुवै पक्ष बीच प्रशस्त वैचारिक आदानप्रदान हुने छ। यसका अतिरिक्त, अमेरिकी वार्ता टोलीको भित्री अन्तर्विरोध, अमेरिकाको जटिल राजनैतिक वातावरण एवम् परिवर्तित अमेरिकी अडान भन्ने कारक तत्वलाई समेटिएपछि आउने ३ महिनामा चालिने वार्ता प्रक्रिया अवश्य नै कठिन र जटिल हुने छ।

आउने वार्तामा जस्तो नतिजा भएपनि चीनले शान्त भएर आफ्नो अडानको पालना गर्दै जाने छः चीनले देशको निर्णायक हित तथा जनताको आधारभूत हितको अडिगताका साथ संरक्षण गर्ने छ।

हालै चीनमा सुधार तथा खुलापन भएको ४० सौं वार्षिकोत्सव मनाइरहेको छ। यो स्मृति गर्ने मौका मात्र होइन् खुलापनलाई नयाँ स्तरमा उकासिने अवसर पनि हो। आगामी ३ महिनाको वार्तामा चीन तथा अमेरिकाले समान तथा हितयुक्त, आपसी सम्मानताको आधारमा सदिच्छापूर्वक छलफल गर्दै विद्यमान मतभेदको उचित सञ्चालन गरेमा साझा जीत पाउने विश्वास चीनले गर्दछ।

जानकारी तथा लेखहरु