फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा पानामाका राष्ट्रनायकद्वारा पानामा नहरको निरिक्षण

(GMT+08:00) 2018-12-04 11:08:55

डिसेम्बर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा पानामाका राष्ट्रपति हुवाँ कार्लोस भारेलाले पानामा नहरको पानीजहाज क्षेत्रको नयाँ लकको निरिक्षण गर्नुभएको छ।

उहाँहरूले जहाज लकको नियन्त्रण टावरमा पानामा नहरको सञ्चालन तथा व्यवस्थापन अवस्थाबारे जानकारी लिनुभएको छ। सो क्रममा राष्ट्रपति भारेलाको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले लक खोल्ने बटन थिच्नुभइ उद्घाटन गर्नुभएको थियो त्यस पश्चात् एउटा चिनियाँ जहाज लक पार गरेर अगाडि बढेको थियो।

जनाए अनुसार, पानामा नहर प्रशान्त तथा एटलान्टिक महासागरको महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग हो। सन् १९१४ मा सञ्चालनमा आएको उक्त नहरको सन् १९९९ मा सञ्चालन अधिकार पानामाले फिर्ता पाएको थियो र सन् २०१६ मा यस नहरको विस्तार निर्माण परियोजना सम्पन्न भएको थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु