फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी लिस्बनमा

(GMT+08:00) 2018-12-04 19:36:18

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज डिसेम्बर चार तारिख लिस्बन पुगेर गणतन्त्र पोर्चुगलको राजकीय भ्रमण थाल्नुभएको छ।

विमान स्थलमा राष्ट्राध्यक्ष सीले चीन-पोर्चुगल परम्परागत मैत्रीपूर्ण मुलुक हुन् भन्दै लामो समययता समय र अन्तर्राष्ट्रिय अवस्थाको बाधा हटाएर दुई देशबीचको सम्बन्ध सुदृढ भइरहेको बताउनुभयो। सन् 1999 मा दुई देशले मैत्रीपूर्ण सल्लाह गरी मकाउको समस्या समाधान गरी अन्तर्राष्ट्रिय समस्याको समाधान गरेर नमूना बनेको विचार व्यक्त गर्नुभयो। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा, प्रधानमन्त्री कोस्तालगायत पोर्चुगाका नेतासँग भेट-वार्ता गरी दुई देश सहयोगको प्रारुपको तयारी गर्ने अपेक्षा आफूले लिएको राष्ट्राध्यक्ष सीले बताउनुभयो। सीले दुई पक्षको साझा प्रयासमा चीन-पोर्चुगल रणनीतिक साझेदारी सम्बन्धको अझ राम्रो भविष्य आउने आफ्नो विश्वास रहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु