फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अमेरिका आर्थिक तथा व्यापारिक छलफलबारेमा चीनको वाणिज्य मन्त्रालयको धारणा

(GMT+08:00) 2018-12-05 16:37:29

चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ताले आज डिसेम्बर पाँच तारिख चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक छलफलमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीन र अमेरिकाका नेताको भेटवार्ता सफल भएको र भेटवार्तामा प्राप्त सहमत्तिलाई व्यवहारमा उतार्नेमा विश्वास लिएको विचार व्यक्त गर्नुभयो। प्रवक्ताका अनुसार चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक समूहले 90 दिनभित्रमा स्पष्ट समय तालिका र योजनाबमोजिम छलफल कार्यलाई सक्रिय प्रवर्द्धन गर्ने छन्।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ब्यूनस आयर्समा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ। यी दुबै मुलुकका नेताहरुले नयाँ भन्सार कर नअसुल्ने महत्वपूर्ण सहमति गरेका छन्। साथै यी दुबै नेताहरुले चीन र अमेरिकाका आर्थिक समूहले आपसी छलफललाई तीब्र प्रवर्द्धन गर्ने निर्देशन पनि गरेका छन्।

जानकारी तथा लेखहरु