फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाइ तिब्बत पठारभूमि रेलमार्ग संजाल आधारभूत रुपमा स्थापित

(GMT+08:00) 2018-12-05 16:37:51

सन् 2006 जुलाई एक तारिख छिङ्गहाइ तिब्बत रेलमार्ग सञ्चालनमा औपचारिक रुपमा आएको थियो। यो रेलमार्ग समुद्री तहदेखि सबैभन्दा उचाइमा रहेको र सो उचाइमा सबैभन्दा छिटो गुड्ने तथा सबैभन्दा अप्ठ्यारो भूगोलमा गुड्ने लगायतका धेरै विश्वव्यापी पहिलो ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ।

सम्बन्धित तथ्याङ्कअनुसार छिङ्गहाइ तिब्बत रेलमार्ग सञ्चालनमा आएदेखि चीनको रेलमार्गअन्तर्गत छिङ्गहाइ तिब्बत समूह लिमिडेट कम्पनीले 18 करोड 50 लाख पर्यटक ओसारपसार गरेको छ भने पर्यटको ढुवानीको बृद्धि दर प्रति वर्षमा 14.7 प्रतिशत पुगेको छ। साथै छिङ्गहाइ तिब्बत लिमिडेट कम्पनीले 55 कोरड 60 लाख टन मालसमान ढुवानी गरेको छ भने प्रतिवर्ष मालसामानको ढुवानीको बृद्धि दर 5.7 प्रतिशतले बढेको छ। उल्लिखित तथ्याङ्कबाट छिङ्गहाइ तिब्बत पठारभूमि क्षेत्रको रेलमार्ग संजाल आधारभूत रुपमा स्थापना भएको देखिन्छ।

जानकारी तथा लेखहरु