फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणमा उद्योगको भूमिका

(GMT+08:00) 2018-12-05 17:12:41

आज डिसेम्बर पाँच तारिख चीनको सामाजिक विज्ञान प्रतिष्ठानले गरिबी निवारणमा उद्योग निलो पत्र(2018) सार्वजनिक गरेको छ। सो निलो पत्रका अनुसार, विगत पाँच वर्षमा चीनमा गरिबीबाट मुक्त भएको जनसंख्या 6 करोड 85 लाख 30 हजार पुगेको छ भने हरेक वर्ष एक करोड व्यक्ति गरिबलाई गरिबीबाट मुक्त गरिएको छ। चिनियाँ उद्योग गरिबी निवारण गर्ने मुख्य सामाजिक तत्वमध्येको एक बनेको छ र चीनको गरिबी निवारणमा ठूलो योगदान दिएको उक्त निलो पत्रमा उल्लेख गरिएको छ।

निलो पत्रका अनुसार, सन् 2018 को अन्तसम्म चीनको वर्तमान मापदण्डमा आधारित ग्रामीण क्षेत्रको गरिबी जनसंख्या असी प्रतिशत घट्नेछ भने साट्ठी प्रतिशत गाउँ गरिबीबाट मुक्त हुने र पचास प्रतिशत जिल्ला गरिबीबाट मुक्त हुनेछन्।

निलोपत्रले चिनियाँ उद्योगको सक्रिय सहभागिताले चीनको गरिबी निवारण कार्यलाई निकै ठूलो योगदान पुर्‍याएको भन्दै अधिक गतिशील भएको आधुनिक आर्थिक संगठनको रुपमा रहेको उद्योगले अरु नवीन सिर्जना गरी गरिबी निवारणसम्बन्धी धेरै नयाँ मोड र अनुभव पाएको उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु