फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी परराष्ट्र मन्त्रीको धारणाप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2018-12-05 19:00:56

चीनको पररराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज डिसेम्बर पाँच तारिख अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओको धारणाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले चीनसँग एउटै दिशातर्फ हिँड्दै यी दुबै मुलुकका नेताद्वारा पाइएको सहमतिबमोजिम चीन र अमेरिकाबीचको सम्बन्धको स्थिर तथा स्वस्थ विकासलाई प्रवर्द्धन गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

अमेरिकी परराष्ट‍ मन्त्री पोम्पेओले हिजो चार तारिख ब्रसेल्समा जनाउनुभएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाद्वारा नेतृत्व गरिने एक नयाँ विश्व परिपार्टीको स्थापना गर्नुहुने छ। साथै अमेरिकाले चीन, इरान र रुसद्वारा अनेकन सन्धि र बहुपक्षीय सम्झौतालाई उल्लङ्खन गरिएको गतिविधिलाई अस्वीकार गर्नुका साथै संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक आदि संस्थाको सुधार गर्ने योजना रहेको छ। यसप्रति प्रवक्ता कङ्गले जोड दिनुभएअनुसार चीन र अमेरिका बेग्लाबेग्लै रुपमा विश्वका सबैभन्दा ठूला विकासोम्मुख र सबैभन्दा ठूलो विकसित मुलुक हुन्। विश्वमा महत्वपूर्ण प्रभाव सिर्जना गरेका यी दुबै मुलुकबीचमा एकअर्कामा अलग नभइ एकअर्कामा परिवर्तन हुँदैन। सहयोगबाट लाभ ल्याइने हुन्छ भने विवादबाट खराब असर आउनेछ। अमेरिकाले चीनसँग एउटै दिशातर्फ हिँडेर दुबै मुलुक लगायत सारा विश्वका लागि वास्तविक फाइदा सिर्जना गर्नसक्ने आशा चीनले लिएको छ।

जानकारी तथा लेखहरु