फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र पोर्चुगलको संसद सभामुखबीच भेटघाट

(GMT+08:00) 2018-12-06 10:04:07

डिसेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले लिस्बनमा पोर्चुगलको संसदका सभामुख एडुआर्डो फेरो रोड्रिगेजसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले पोर्चुगल यूरोपेली संघभित्रको चीनको असल मित्र र असल साझेदार भएको बताउनुहुँदै हालैका वर्षहरूमा चिनियाँ राष्ट्रिय जन काँग्रेस र पोर्चुगलको संसदले घनिष्ठ आदान-प्रदान गर्दैआएको र सकारात्मक उपलब्धि हासिल गरेको व्यक्त गर्नुभयो।

साथै सीले चीनको विकास बाटो एक अभूतपूर्व बाटो भएको जुन वर्तमान स्थितिसित अनुकूल भएको र करिब एक अर्ब चालीस करोड चिनियाँ जनताद्वारा छनौट गरिएको बाटो भएको भन्नुहुँदै चालू वर्ष चीनमा सुधार तथा खुलापन नीति लागू भएको चालीसौं वार्षिकोत्सव भएको र चीनले निरन्तर रुपमा सुधारलाई चौतर्फी रुपमा गहन पार्नमा जोड दिने पनि बताउनुभयो।

रोड्रिगेजले पोर्चुगलको संसदले राष्ट्राध्यक्ष सीको भ्रमणको स्वागत गरेको बताउनुभयो। उहाँले चीन पोर्चुगल मुख्य व्यापारिक साझेदार भएको, दुई पक्षले बहुपक्षीयवादको अडान लिएको भन्दै पोर्चुगलले चीनको विकास उपलब्धिको प्रशंसा गरेको र दुई मुलुकको मैत्रीपूर्ण पारस्परिक विश्वासलाई सहयोगात्मक उपलब्धिमा मोड्न सकिने आशा पोर्चुगलले लिएको पनि बताउनुभयो। पोर्चुगलले "बेल्ट एण्ड रोड" प्रस्तावको समर्थन गरेको र पोर्चुगल यूरोपमा "बेल्ट एण्ड रोड"को हब बन्नसक्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु