फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको भ्रमणबारे परराष्ट्र मन्त्री वाङको मूल्याङ्कन

(GMT+08:00) 2018-12-06 10:47:43

सन् २०१८ को नभेम्बर २७-डिसेम्बर ५ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स्पेन, अर्जेन्टिना, पानामा तथा पोर्चुगलको राजकीय भ्रमण गर्नुका साथै अर्जेन्टिनाको ब्यूनोस आयर्समा आयोजित १३औं जी २० समूह शिखर सम्मेलनमा पनि भाग लिनुभएको छ। उहाँको भ्रमण सम्पन्नपछि चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पत्रकारलाई यस भ्रमणबारे जानकारी दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको यस भ्रमण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पार्ने तथा दिशा देखाउने यात्रा भएको ठहर परराष्ट्र मन्त्री वाङले व्यक्त गर्दै भन्नुभएको छः जी २० समूहको शिखर सम्मेलनमा भाग लिँदै राष्ट्राध्यक्ष सीले विश्वको आर्थिक संचालन तथा शासनको दिशालाई सच्याउनुका साथै चीन र मुख्य ठूला मुलुक बीचको सम्बन्धलाई स्थिर पार्ने र आशातीत लक्ष्य प्राप्त गराउने नेतृत्व गर्नुभएको छ। यूरोप तथा ल्याटिन अमेरिकाको भ्रमणबाट बेल्ट एण्ड रोड अवधारणा सम्बन्ध सहयोगको विकास प्रवृत्तिलाई अघि बढाइँदै चीन-यूरोप र चीन-ल्याटिन अमेरिका सम्बन्धलाई फराकिलो र अझै उज्ज्वल भविष्यतर्फ लम्किएको छ। बहुध्रुवीय विश्व तथा आर्थिक विश्वव्यापीकरण भन्ने युगको प्रवाहसँग अनुकूल भएको राष्ट्राध्यक्ष सीको यो भ्रमणमा बहुपक्षवादको दृढ समर्थन, सहयोग तथा साझा बिजयीको सक्रिय प्रस्ताव, र नयाँ लहर तथा युगको ठूलो आवाजलाई पनि प्रष्ट्याएको छ। जसबाट निर्णायक घडीमा रहेको अन्तर्राष्ट्रिय परिस्थितिमा स्थिरता थपिएको छ र साथै गहन सुधार भएको अन्तर्राष्ट्रिय प्रणालीको लागि दिशा देखाइएको छ। साथै चिन्तित भावनाले भरिएको अन्तर्राष्ट्रिय समाजमा सकारात्मक उर्जा थपिएको छ।

९ दिनभित्र राष्ट्राध्यक्ष सीले यूरोप-अमेरिका महादेश पार गर्न ४० हजार किलोमिटर लामो यात्रा गर्दै जम्मा गरी ७० वटा बहुपक्षीय कार्यक्रममा भाग लिनुभएको छ। उहाँको भ्रमणमा घनिष्ट नजर पुर्याउँदै आएका चिनियाँ तथा विदेशी जनमतले चिनियाँ राष्ट्रनायकको यस कूटनैतिक भ्रमणबाट अन्तर्राष्ट्रिय समाजमा चीनको प्रभाव, चमक तथा सिर्जनात्मक क्षमतालाई प्रतिविम्वित गरिएको भनी प्रशंसा गरेको छ।

राष्ट्राध्यक्ष सीको भ्रमणबाट जी २० समूह सहयोगलाई अघि बढाउँदै ठूला मुलुक बीचको सम्बन्धको विकास गरिएको छ। साथै चीन-स्पेन, चीन-पोर्चुगल सहयोगलाई उकास्दै चीन-यूरोप सम्बन्धमा पनि जीवन्त शक्ति थपिएको छ। सो भ्रमणबाट चीन-अर्जेन्टिना, चीन-पानामा सम्बन्धलाई घनिष्ट पार्दै चीन-ल्याटिन अमेरिका सहयोगको मूल स्थितिलाई सुधार गरिएको छ। भ्रमणताका चीनले हिँडिरहेको बाटो तथा चिनियाँ विचारहरूबारे व्याख्या गर्दै आत्म विश्वास तथा सहिष्णुता भएको चीनको रूप देखाइएको छ।

परराष्ट्र मन्त्री वाङले अन्तमा भन्नुभएको छः राष्ट्राध्यक्ष सीको यसै सफल भ्रमण लगायत चालू वर्षमा गरिएको ४ भ्रमणबाट चीनको बहु-आयमिक, बहु तहको वैदेशिक कार्य-स्थिति सुधारिएको छ। आउने वर्ष जनगणतन्त्र चीन स्थापना भएको ७०औं वार्षिकोत्सव हो र हामीहरूले सीको कूटनैतिक विचारले निर्देश गरेको दिशातिर लाग्दै जातिय पुनःउत्थान तथा मानवजातिको प्रगतिको प्रबर्द्धन भन्ने सिद्धान्तमा नयाँ युगमा चीनको कूटनीतिको नयाँ स्थिति सिर्जना गर्दै जाने छौं। साथै हामीले सम्पन्न समाजको निर्माण गर्दै समाजवादी आधुनिकिकरण भएको बलियो मुलुकको सर्वाङ्गीण निर्माण लागि हितयुक्त वातावरण सिर्जना गरेर योगदान दिँदै जाने छौं।

जानकारी तथा लेखहरु