फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

(GMT+08:00) 2018-12-06 16:39:53

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनु भएको छ। नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार साँझ काठमाडौँमा आयोजना गरेको 'चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट' कार्यक्रममा उहाँले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजिक बनाएको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उहाँले सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उहाँको भनाइ थियो। भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पुर्‍याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिनुभयो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजिक बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिनुभयो। नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल-चीन सम्बन्ध झन् नजिक बन्दै गएको उहाँको भनाइ थियो।

भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए। नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन्।

जानकारी तथा लेखहरु