फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको यात्राः विश्वलाई आशाको झ्याल

(GMT+08:00) 2018-12-06 18:13:28

चीनका राष्ट्राध्यक्ष सी चिन फिङल युरोप, लाटिन अमेरिकाका चार मुलुकको राजकीय भ्रमण र जी बीस शिखर सम्मेलनमा सहभागी भएर आज डिसेम्बर छ तारिख पैचिङ फर्कनुभएको छ। पोर्चुगलमा राष्ट्राध्यक्ष सीले आफ्नो यस यात्राबारे चर्चा गर्दै विश्वको शान्ति र स्थिरता, देशको विकास र समृद्धि, बसोबास र रोजगार लगायतका विश्वका विभिन्न मुलुकका जनताको असल इच्छा र अपेक्षा आफूले हेरेको बताउनुभयो। उहाँले विश्वसमक्ष विभिन्न समस्या र चुनौति देखापरेता पनि आपसी सम्मान, सल्लाह, शान्ति विकास, सहयोग गरी साझा फाइदामा चीन अडिग रहेर विभिन्न मुलुकसँग मानव भाग्य समुदायको रचना गर्ने विचार व्यक्त गर्नुभयो।

विश्वको समस्या र चुनौतिको समाधानका लागि विभिन्न मुलुकले सल्लाह गर्नुपर्ने विचार राख्दै राष्ट्राध्यक्ष सीको यस यात्राबारे समीक्षा गर्दा चीनले तीनवटा अडान राखेको देखिन्छ। अर्थात विभिन्न मुलुकको इमानदार भएर विभिन्न मुलुकसँग सल्लाह गरी समस्याको समाधान गर्न चीन अडिग छ भने बहुपक्षवादमा समर्थन गरी सहयोगमा आधारित साझा फाइदामा चीन अडिग छ। त्यसैगरी द्वीपक्षीय वा बहुपक्षीय अवसरमा चीनका सर्वोच्च नेताले विस्तृत दृश्य र जिम्मेवारी देखाउनु भएको चीनको अर्को अडान हो।

सन् 2018 सकिन लाग्दा राष्ट्राध्यक्ष सी चिन फिङले कुटनीतिक यात्रामार्फत बीआरआई निर्माणलाई अघि सार्ने, साझेदारी सम्बन्ध र अनुभवलाई बढाउने र विश्व प्रशासन प्रकृयामा सक्रिय भाग लिने विचार व्यक्त गर्नुभएको छ। असल जीवनसम्बन्धी विभिन्न जनताको अपेक्षालाई व्यवहारमा उत्तार्न र विश्वलाई परिवर्तित अवस्थामा स्थिर बल, शान्त, जिम्मेवार नेता अझै बढी चाहिएको छ।

जानकारी तथा लेखहरु