चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले हिजो डिसेम्बर छ तारिख पैचिङ्गमा जनाउनुभएअनुसार हाल चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक समूहबीचको सम्पर्क तथा छलफल सुचारु तथा राम्रो अवस्थामा रहेको छ। भावी 90 दिनभित्रमा सम्बन्धित सम्झौता हासिल गर्नेमा चीनले सम्पूर्ण विश्वास लिएको छ।
उहाँका अनुसार चीन र अमेरिकाका नेताहरुले अर्जेन्टिना भेटवार्तामा आर्थिक तथा व्यापारिक समस्या सम्बन्धी महत्वपूर्ण सहमति प्राप्त गर्नुभएको छ। अब यी दुबै मुलुकका आर्थिक तथा व्यापारिक समूहले कृषि उत्पादन,ऊर्जास्रोत,सवारी साधनसम्बन्धी खास सहमतिलाई व्यवहारमा उतार्ने छन्। भावी 90 दिनमा चीन र अमेरिकाले भन्सार कर थप असुल्ने सबै कार्यलाई रद्द गर्नुलाई अन्तिम लक्ष्यको रुपमा लिँदै पारस्परिक सम्मान तथा समान पारस्परिक हितबमोजिम महत्वपूर्ण समस्याबारेमा सहमति पाउने प्रयास गर्ने छन्।