फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाह्वेका प्रमुख वित्तीय अधिकारीलाई क्यानाडाले पक्रिएकोमा चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2018-12-07 15:40:24

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले हिजो डिसेम्बर छ तारिख ह्वाह्वे प्रविधि लिमिडेट कम्पनीका प्रमुख वित्तीय अधिकारी मङ वान चौलाई क्यानाडा सरकारले थुनामा राखेको घटनाप्रति चीनको प्रतिक्रिया तथा अडान जनाउनुभएको छ। उहाँका अनुसार चीनले क्यानाडा र अमेरिकालाई गम्भीर सम्पर्क राख्दै यी दुबै पक्षले मङलाई थुन्नु पर्ने कारण स्पष्ट पार्न आग्रह गरेको छ। साथै मङलाई तुरुन्तै रिहा गर्दै उहाँको मानवअधिकार अधिकारलाई प्रत्याभूति गर्नुपर्ने माग पनि चीनले गरेको छ।

क्यानाडाको न्याय मन्त्रालयबाट थाहा भएअनुसार ह्वाह्वेका प्रमुख वित्तीय अधिकारी मङ वान चौलाई यही डिसेम्बर एक तारिख क्यानाडाको भान्कुभरमा पक्राउ गरिएको हो। अमेरिकी सरकारले मङलाई सुपुर्दगी गर्न क्यानाडासँग माग गरिरहेको छ। यस सम्बन्धी सुनुवाइ स्थानीय समय डिसेम्बर सात तारिख आयोजना हुने भएको छ।

हाल क्यानाडा र अमेरिकाले मङलाई थुन्नु पर्ने कुनै कारण बताएका छैनन्। क्यानाडालाई चिनियाँ नागरिकको सुरक्षा,मानवीय उपचार र बैधानिक अधिकारको प्रत्याभूति गर्न चीनले आग्रह गरेको छ।

अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको मङले उल्लङ्खन गरेर क्यानाडालाई पक्राउ गर्न लगाएको कुरा समाचारमा आएको छ। यस्तो धारणाप्रति चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ्गले जोड दिँदै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्य मुलुकको रुपमा चीनले सधैं सुरक्षा परिषदका विभिन्न निर्णयलाई पालन गर्दै आएको बताउनुभयो। साथै चीनले एक देशले सुरक्षा परिषदको प्रारुप बाहिर अन्य मुलुकलाई एकपक्षीय नाकाबन्दी गराउन विरोध गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु