फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा आठौँ चीन अमेरिका कानुन तथा मानव अधिकार गोष्ठी

(GMT+08:00) 2018-12-07 15:40:45

चीनको मानव अधिकार विकास कोष र अमेरिका चीन सम्बन्ध राष्ट्रिय परिषदको संयुक्त संयोजनमा आठौँ चीन अमेरिका कानुन तथा मानव अधिकार गाष्ठी डिसेम्बर तीनदेखि पाँच तारिखसम्म पैचिङ्गमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार उपमन्त्री च्याङ्ग च्यान क्वोले सो गाष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार सुधार तथा खुलापन विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएदेखि यता चीनले एक चिनियाँ विशेषतायुक्त मानव अधिकार विकास बाटोमा लागिरहेको छ। चिनियाँ जनताको विभिन्न आधारभूत अधिकार तथा स्वतन्त्रता झन झन खास बन्दै गएको प्रत्याभूतिमा राखिएको देखिन्छ। हाल चीन र अमेरिकाका नेताबीचको सफल भेटवार्ताले आउने केही अवधिमा यी दुबै मुलुकबीचको सम्बन्धको विकासका लागि दिशानिर्देश गरेको छ। चीन र अमेरिकाबीचको मानव अधिकार आदानप्रदानले यी दुबै मुलुकको मानव अधिकार कार्यलाई प्रवर्द्धन गर्नसक्ने आशा प्रचार उपमन्त्री च्याङ्गले व्यक्त गर्नुभएको छ।

अमेरिका चीन सम्बन्ध राष्ट्रिय परिषदका प्रमुख स्टिभ ओर्लिन्सका अनुसार अमेरिका र चीनले आपसी दौत्य सम्बन्ध स्थापना भएको चालीसौँ वार्षिकोत्सवलाई स्वागत गर्ने छन्। यी दुबै मुलुकबीचको सम्बन्ध निकै महत्वपूर्ण छ। हाल चीन र अमेरिकाबीचको सम्बन्ध विशेष अवधिमा रहेको देखिन्छ। यी दुबै मुलुकका सम्बन्धी पक्षको संयुक्त प्रयासमा सफलताका साथ आयोजना भएको यस गाष्ठीले अमेरिका र चीनबीचको सम्बन्धको विकासका लागि सकारात्मक प्रभाव सिर्जना गर्नसक्ने आशा उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु