फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्ष चीनको आयात निर्यात व्यापारमा तिब्र गतिमा वृद्धि

(GMT+08:00) 2018-12-07 18:14:14

चालु वर्षमा चीनको कूल आयात निर्यात रकम तिब्रगतिमा बृद्धि भएको छ। गत नोभेम्बरको मध्य अवधिसम्म चीनको विदेशी व्यापारको कूल रकम गत वर्षको पूर्ण स्तरभन्दा बढी भएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले हिजो डिसेम्बर छ तारिख नियमित पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार विदेशी व्यापारको नविन विकासको प्रवर्द्धन शक्ति तिब्र गतिमा परिवर्तन भएको छ। अन्तर्राष्ट्रिय बजारमूलक माग बढ्दै गएको छ र स्वदेशी अर्थतन्त्र स्थिर तथा शक्तिशाली रुपमा बढ्दै गएको तथ्यले यस वर्षको आयात निर्यातको बृद्धिलाई प्रवर्द्धन गरेका हुन्। चीनको विदेशी व्यापार बजारको विविध पाइला तिब्र बन्दै गएको देखिन्छ। साथै चीनको आयात शक्ति क्रमशः निर्वाह गरिरहेको छ। आउने वर्ष चीनमा विदेशी व्यापार गुणस्तर तिब्र गतिमा उकासिने भएको छ। चीनले विदेशी व्यापारको परिस्थितिलाई घनिष्ट ध्यान दिँदै जाने छ। अन्तर्राष्ट्रिय समाजमा हुने अस्थिर तथा अनिश्चित कारकतत्व र चिनियाँ व्यवसायका सामु देख्ने केही कठिनाइप्रति चीनले निरन्तर रुपमा सरकारी अधिकारलाई शिथिल पार्ने,सेवालाई सुव्यवस्थित बनाउने सुधार गर्दै चीनको विदेशी व्यापारलाई उच्च गुणस्तर विकासतर्फ प्रवर्द्धन गर्ने छ।

जानकारी तथा लेखहरु