फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र उत्तर कोरियाका विदेशमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2018-12-07 18:58:23

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज डिसेम्बर सात तारिख जन बृहत्त सभा भवनमा उत्तर कोरियाली श्रमिक पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य एवं विदेशमन्त्री री युङ्ग होसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन-उत्तर कोरिया सम्बन्धमा चिनियाँ पार्टी र सरकारले उच्च ध्यान दिएको भन्दै हाल दुई देशबीचको सम्बन्धमा नयाँ पृष्ठ खोलिसकेको विचार व्यक्त गर्नुभयो। दुई पक्षले आगामी वर्ष दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔँ वर्षिकोत्सवका सुअवसरमा द्वीपक्षीय सम्बन्धको दीर्घकालीन स्वस्थ तथा स्थिर विकास बढाउनुपर्ने राष्ट्राध्यक्ष सीले दोहोर्‍याउनुभयो। उत्तरकोरियाका सर्वोच्च नेता किम जुङ्ग ऊनको नेतृत्वमा स्वदेशको अवस्थामा आधारित विकास बाटो खोज्न उत्तर कोरियाका जनतालाई चीनले समर्थन दिने राष्ट्राध्यक्ष सीले बताउनुभयो। उत्तर कोरिया र दक्षिण कोरियाले आपसी सम्बन्धको सुधार गरी सहयोग बढाउन कुरामा पनि चीनले समर्थन दिइरहने उहाँले उल्लेख गर्नुभयो।

उत्तर कोरियाका विदेशमन्त्री री युङ्ग होले उत्तर कोरियाले चीनसँग मिलेर आगामी वर्ष दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सव मनाउने कार्यक्रम राम्रोसँग आयोजना गरी परम्परागत मित्रतालाई दृढता पारेर द्विपक्षीय सहयोगलाई बढाउने इच्छा लिएको विचार व्यक्त गर्नुभयो। कोरियाली प्रायद्वीपलाई आणविकरहित बनाउन उत्तर कोरिया अडिग रहेको भन्दै उहाँले चीनसँग कोरियाली प्रायद्वीप तथा स्वक्षेत्रको शान्त तथा स्थिरताबारे घनिष्ट सम्पर्क राख्ने इच्छा लिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु