फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली चियाले बजार लिनथालेपछि भारतीयद्वारा आयातमा रोक लगाउन माग

(GMT+08:00) 2018-12-12 15:07:27
नेपाली चियाले भारतमा आफ्नो बजार विस्तार गर्दै लगेपछि दार्जिलिङका उत्पादकहरूले नेपाली चिया आयातमा रोक लगाउन माग गरेका छन् ।उनीहरूले भारतीयको तुलनामा नेपालको सस्तो भएको, गुणस्तरमा सम्झौता गरिएको दाबी गर्दै भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरण (एफएसएसआई) लाई नेपाली चिया आयातमा रोक लगाउन माग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय चिया उत्पादकहरूले नेपाली चियाको गुणस्तर नभएको र त्यसले भारतीय उपभोक्ताको स्वास्थ्य जोखिममा परेको समेत तर्क गरेका छन् ।

उनीहरूको मागअनुरूप एफएसएसआईले भारतीय भन्सार कार्यालयहरूलाई नेपालबाट आयात हुने चियाले तोकिएको गुणस्तर मापदण्ड पूरा गरेको वा नगरेको सूक्ष्म निगरानी गर्नसमेत निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका कान्तिपुरले जनाएको छ ।

'भारतभरि नै सस्तो नेपाली चियाले दार्जिलिङ चियालाई विस्थापित गर्दै लगेको छ, यसले वर्षौं लगाएर देशभित्र चियाको बजार निर्माण गरेका दार्जिलिङका उत्पादकहरूलाई हतोत्साही पारेको छ, त्यसैले हामीलाई आशा छ एफएसएसआईको कडाइपछि सस्तो नेपाली चियाको भारतीय बजार प्रवेशमा कमी आउनेछ,' दार्जिलिङ चिया संघका अध्यक्ष विनोद मोहनलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द इकोनोमिक्स टाइम्सले जनाएको छ । भारतको कोलकातास्थित केन्द्रीय प्रयोगशालाबाट परीक्षण भएको नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउनु गलत भएको नेपाली चिया नेपाली उत्पादकहरू बताउँछन् ।

जानकारी तथा लेखहरु