फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पानी वितरणको विश्वकै सबैभन्दा ठूलो परियोजनाबाट १० करोड जनसंख्या लाभान्वित

(GMT+08:00) 2018-12-12 16:40:07

चीनमा भइरहेको दक्षिणदेखि उत्तरसम्म पानी पुर्याइने परियोजना एउटा रणनैतिक परियोजना हो र यसको उद्देश्य उत्तरी भागमा जलश्रोतको अपुग अवस्थालाई खुकुलो पार्नु हो। यस परियोजनामा पूर्व, मध्य तथा पश्चिम लाइन विभाजित गरिएको छ। सन् २०१४को डिसेम्बर १२ तारिख यस परियोजनाको मध्य लाइनको पहिलो चरण पूरा भएपछि याङ्त्से नदीबाट उत्तरी भागको भूमीसम्म पानी पुर्याउन थालिएको छ। बितेका ४ वर्षमा यसै परियोजनाबाट उत्तरी भागमा पर्ने लगभग ४० वटा शहरको लागि प्रधान जलश्रोत ल्याउने गरिन्छ र प्रत्यक्ष रूपमा यसै परियोजनाबाट लाभान्वित जनसंख्या १० करोड भन्दा बढी पुगेको छ। यसका साथै पर्यावरणीय रूपमा पानीको आपूर्तिमार्फत उत्तरी भागमा सुख्खा भइसकेका खोलानाला, तालहरू तथा भूमिगत पानीको तह अति छिटो घटेपछिको समस्या पनि लचिलो पारिएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु