फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा इन्टरनेटको पहुँच मासिक एक प्रतिशतका दरले बढ्दै

(GMT+08:00) 2018-12-13 16:06:13
नेपालमा इन्टरनेटको पहुँच मासिक एक प्रतिशतका दरले बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला केही महिना इन्टरनेटको पहुँच मासिक एक प्रतिशतले बढिरहेको छ। प्राधिकरणले भर्खरैमात्र असोज महिनाको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकले नेपालमा हाल इन्टरनेटको पहुँच ५४.५० प्रतिशत जनसंख्यामा पुगेको देखाएको छ। यसअनुसार एक करोड ५९ लाख ६३ हजारभन्दा बढी मानिसमा इन्टरनेटको पहुँच पुगेको छ।

नौ वर्ष अघिसम्म पनि नेपालमा इन्टरनेटको पहुँच एक प्रतिशत जनसंख्यामा सीमित थियो। दूरसञ्चार प्राधिकरणले २०६६ साल साउनमा तयार पारेको प्रतिवेदनअनुसार त्यस समयमा नेपालको कुल जनसंख्याको १.९ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा थिए। तर, अहिले हरेक महिना एक प्रतिशत हाराहारीले मानिस इन्टरनेटमा जोडिँदै गएको तथ्यांकले देखाएको छ। अर्कोतर्फ विश्व पनि इन्टरनेट पहुँचका आधारमा तीव्ररूपमा अघि बढिरहेको तथ्यांकले देखाउँछ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हाल विश्वको कुल जनसंख्या मध्य ५१.२ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ।

नयाँ तथ्यांकअनुसार हाल विश्वका तीन अर्ब ९० करोड मानिस इन्टरनेटमा जोडिएका छन्। विश्वको जनसंख्या सात अर्ब ५३ करोड छ। यो रफ्तारमा इन्टरनेटको पहुँचमा वृद्धि हुनुको कारण नेपाल जस्ता विकसित राष्ट्रलाई लिइएको अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु