फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कीर्तिपुरको चोभारमा निर्मित मञ्जुश्रीको मूर्तिको आकर्षण

(GMT+08:00) 2018-12-13 16:08:04

कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले शोभा बढाएको छ। ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन्। निर्माण सम्पन्न नहुँदै मञ्जुश्री पार्कमा पुग्ने जो कोही उक्त प्रतिमा मूर्तिमा पुगेर सामूहिक तस्वीर खिचाउने र सेल्फीमा रमाउने गर्न थालेका छन्।

चोभार आफैँमा पर्यटकीय क्षेत्र हो । राजधानी काठमाडौंको केन्द्रबाट करीब सात किलोमिटर दक्षिण पश्चिम कीर्तिपुर नगरपालिका–४ स्थित चोभारबाट वरिपरिको सुन्दर दृश्यसहित वागमती नदी पनि देख्न सकिन्छ। यहाँ जलविनायक र आदिनाथको मन्दिर पनि छ। धार्मिक र पर्यटकीय महत्वको अनुपम सङ्गम रहेको चोभारबाट मौसम सफा हुँदा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत देखिने गोरखापत्र अनलाइनले लेखेको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जन चोभार ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्वको ठाउँ भएको बताउनुहुन्छ। पहिले काठमाडौँ उपत्यकामा दह थियो। चीनबाट तीर्थयात्रामा आएका मञ्जुश्रीले चन्द्रहङ्स खड्गले डाँडो काटेर पानी पठाएकाले काठमाडौं बस्नयोग्य भूमि भयो भन्ने कथा इतिहासमा उल्लेख भएकाले सोही कुरालाई अनुशरण मञ्जुश्रीको मूर्तिको स्थापनाले चोभारको महत्व बढाएको हो। तेह्र टुक्रा ढुङ्गा जोडेर खोकनाका कलाकार चन्द्रमान डङ्गोलले प्रतिमा बनाउनुभएको हो।

फर्पिङको खार्पाको कोरा ढुङ्गा ३० टनसम्मको थियो। मञ्जुश्रीको अनुहार निकाल्न पनि ठूलै चुनौती बन्यो। "प्रस्तरकला हेर्नेमध्ये कसैले नेपाली शैलीको भयो भने, कसैले चिनियाँ शैलीको भयो भने। त्यो मिश्रित प्रतिक्रियाले ठिकै बनाइएछ भन्ने लाग्या छ, खुशी पनि छु ।" डङ्गोल भन्नुहुन्छ।

जानकारी तथा लेखहरु