फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

(GMT+08:00) 2018-12-13 18:56:32

यस वर्षको नोभेम्बर महिनामा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ को प्रमुख पर्यटकीय सिजन अक्टोबर र नोभेम्बर महिनामा भित्रिएका विदेशी पर्यटकको संख्याले वर्षमा १० लाख भन्दा बढीको रेकर्ड बनाएको छ जुन गत वर्षको तुलनामा १७ प्रतिशतले बढी हो।

पर्यटकीय सिजन अवधि अक्टोबर र नोभेम्बरमा भारतबाट क्रमशः ११ हजार ५६६ र १६ हजार १६७ पर्यटक भित्रिएर जनवरी यता २ लाख ६० हजार १२४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

त्यसैगरी पर्यटकीय सिजन अवधि अक्टोबर र नोभेम्बरमा क्रमशः ११ हजार ९२१ र १२ हजार ९४४ चिनियाँ पर्यटक भित्रिएपछि यस वर्ष नोभेम्बरसम्म नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या १ लाख ३४ हजार ३६२ पुगेको छ। त्यसैगरी थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या पनि उल्लेख्य वृद्धि भएको छ।

जानकारी तथा लेखहरु