फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यसवर्ष नेपालको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर

(GMT+08:00) 2018-12-14 15:29:26
चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ। आइएमएफले यसअघि गत अक्टोबरमा विश्वको आर्थिक परिदृश्य सार्वजनिक गर्दै पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत पु-याएको हो।

आर्टिकल फोरका लागि नेपाल आएको आइएमएफको उच्चस्तरीय टोलीले यो आर्थिक वर्षको वृद्धिदर ६.५ हुने प्रक्षेपण गरेको हो। राजनीतिक स्थायित्व र नियमित बिजुली प्रवाहका कारण आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको आइएमएमको टोली प्रमुख गिर्ट अल्मेमकिन्डर्सले बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। आइएमएफको टोलीले आर्थिक वृद्धिदर थोरै तर दिगो बनाउनुपर्ने सुझाव पनि दिएको छ।

उक्त टोलीले अर्थमन्त्री युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, सरकारी निकायका उच्च अधिकारी, निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधि र दातृ निकायका प्रतिनिधिहरुसँग छलफलपछि पत्रकार सम्मेलन गर्दै उच्चभन्दा पनि दिगो वृद्धि आर्थिक वृद्धिदर हासिल गर्न सुझाएको हो। आयातमा निर्भर अर्थतन्त्रले उच्च आर्थिक वृद्धिदर थेग्न नसक्ने ठोकुवा पनि उक्त टोलीले गरेको छ। सरकारले चालु आर्थिक वर्ष आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। एसियाली विकास बैंक (एडिबी) ले यस वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यसैगरी, विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

जानकारी तथा लेखहरु