फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय रूपैँया दुई हजार, पाँच सय र दुई सय नेपाल प्रतिबन्धित

(GMT+08:00) 2018-12-14 15:34:24

नेपाल सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ। गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो।

सन् २०१६ मा भारतमा पुरानो नोटमा प्रतिबन्ध लागेपछि आएका नोटहरुमा नेपालले प्रतिबन्ध लगाएको हो। २०१६ मो नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएका थिए। त्यसको दुई वर्षपछि नेपालले नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको हो।

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट राख्नु, त्यसबाट सामान खरिद गर्नु र नेपालमा ती नोट ल्याउनु अब गैरकानुनी भएको बताउनुभयो। नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोटको सटही भारतले गरेको छैन।

राष्ट्र बैंकका अनुसार नेपालमा झण्डै ८ करोड बराबरका पुराना भारतीय नोट छन्। नेपालमा रहेका पुराना नोट साट्ने बारे भारतले चासो नदेखाएपछि नयाँ नोटमाथि प्रतिबन्ध लागेको देशसंचार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु