फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्योग-व्यवसाय र "बेल्ट एण्ड रोड"आबद्ध मुलुकहरूबीचको लगानी सहयोग स्थिरताका साथ अघि बढ्दै

(GMT+08:00) 2018-12-14 16:33:28

चीनको वाणिज्य मन्त्रालयले चौध तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षको जनवरीदेखि नोभेम्बरसम्म चीनभित्रका लगानीकर्ताहरूले गैर-वित्तीय वैदेशिक प्रत्यक्ष लगानी 1 खर्ब 4 अर्ब 48 करोड अमेरिकी डलर पुगेको र गत वर्षको सोही अवधिको तुलनामा बराबर भएको छ। चीनको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक लगानी तथा आर्थिक सहयोग विभागका वाणिज्य काउन्सिलर हान युङकाअनुसार, अघिल्ला एघार महिनामा चीनको वैदेशिक लगानी सहयोग स्वस्थ र सुव्यवस्थित भएको छ। "बेल्ट एण्ड रोड"आबद्ध मुलुकहरूसितको लगानी सहयोग स्थिरताका साथ अगाडि बढेको छ।

हान युङले चालू वर्षको जनवरीदेखि नोभेम्बरसम्म चिनियाँ उद्योग-व्यवसायले "बेल्ट एण्ड रोड"आबद्ध मुलुकहरूलाई नयाँ बढाएको लगानी गत वर्षको सोही अवधिको तुलनामा 4.8 प्रतिशतले बृद्धि भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु