
सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव मनाउनका लागि "हाउ चाइना मेड इट" शीर्षकको तीन भागको वृत्तचित्रको प्रसारण समारोह १४ तारिख चिनियाँ राष्ट्रिय संग्रहालयमा आयोजित भएको छ। यो वृत्तचित्र चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयको निर्देशन र समर्थनमा वुचौ सञ्चार केन्द्र, यौ खु र अमेरिकी डिस्कवरी च्यानलद्वारा संयुक्त रुपमा तयार पारिएको हो। डिसेम्बर १५ तारिखदेखि उक्त वृत्तचित्र डिस्कवरी च्यानल र यौ खुद्वारा चीन र विदेशमा प्रसारण हुनेछ।
चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार-प्रसार मन्त्रालय, चिनियाँ परराष्ट्र मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, राष्ट्रिय रेडियो तथा टेलिभिजन व्यूरो, राष्ट्रिय वन तथा घाँसेमैदान व्यूरो आदि विभागका प्रतिनिधिलगायत २ सयजना गन्यमान्य व्यक्तिहरु उक्त सार्वजनिकीकरण समारोहमा सहभागी भएका छन्।
1 2 3