फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पर्यटक आगमनमा नयाँ कीर्तिमान

(GMT+08:00) 2018-12-15 14:12:43

नेपाल घुम्न आउने पर्यटकको संख्याले नयाँ कीर्तिमान बनाएको छ। सन् २०१८ को ११ महिनामा १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अहिलेसम्मकै उच्च संख्या रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशत बढी हो। सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटक नेपाल भित्रिएका थिए।

पर्यटन बोर्डका अनुसार ११ महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट १ लाख ७८ हजार १ सय ३० र चीनबाट १ लाख ३४ हजार ३ सय ६२ भित्रिएका छन्। त्यस्तैगरी अमेरिकाबाट ८२ हजार ८ सय ७०, बेलायतबाट ५७ हजार ५ यस ५५ र जर्मनीबाट ३४ हजार ४ सय ७९ पर्यटक नेपाल आएका हुन्।

याे अवधिमा अघिल्लो वर्ष भारतबाट १ लाख ४४ हजार ३ सय ७९, चीनबाट ९३ हजार ६ सय ५४, अमेरिकाबाट ७३ हजार ६ सय ५०, अमेरिका ५० हजार ६ सय ५२ र जर्मनीबाट २८ हजार ७ सय २ पर्यटक नेपाल भित्रिएका थिए।

वर्षको पहिलो महिना जनवरीमा ७३ हजार १ सय ८७, फेब्रोअरीमा बढेर ८९ हजार ५ सय ७ पर्यटक नेपाल आएका हुन्। मार्चमा यो संख्या बढेर १ लाख २४ हजार ६ सय ८७६ पुगेको थियो। मार्चमा बढेको पर्यटक संख्या त्यस पछि भने कहि महिना ओसालो लाग्यो। अप्रिलमा ९८ हजार ६ सय ५०, मे ६८ हजार ८ सय २५, जुन ६५ हजार १ सय ५९ र जुलाई ७३ हजार २ सय ८५ पर्यटकले भेपाल भ्रमण गरे।

सन् २०१८ को अगस्टमा पर्यटक आगमनले थप बाटो लियो। अगस्टमा ८७ हजार ६ सय ७९, सेप्टेम्बर ९१ हजार ८ सय २० र अक्टाेबर १ लाख ९७ हजार ३३ र नोभेमबरमा १ लाख १ हजार ९ सय ३० सम्म पर्यटक नेपाला भित्रिएका हुन्।

नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोसी पर्यटक आगमनको संख्या वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुहुन्छ। यही दरमा पर्यटकको संख्या वृद्धि भएमा भ्रमण वर्षमा सोचे जति पर्यटक आउनले उहाँको बुझाइ छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ।

जोशीका अनुसार बोर्डले पर्यटक आगमनसँगै उनीहरूले नेपालमा गर्ने खर्च वृद्धि गराउन समेत काम गरिरहेको छ। सन् २०१७ मा पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेको र औसत १२ दिनसम्म बस्ने गरेका थिए। नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनले र प्रति पर्यटक प्रतिदिन ६५ डलर खर्च गराउने योजना सरकारको छ। पर्यटकको बसाई अवधि भने १४ दिन पुर्‍याउने लक्ष्य छ।

नेपाल सरकारले सन २०११ लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको थियो। त्यो वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो। सो वर्ष ७ लाख ३६ हजार २ सय १५ मात्र पर्यटक भित्रिएका थिए। भ्रमण वर्ष सन २०११ पछि नेपालमा पर्यटकको संख्या बढ्न थालेको थियो। सन् २०१५ मा भूकम्प गएसँगै नेपाल आउने पर्यटकको संख्या घटेको तथ्याङ्कले देखाउँछ। भूकम्प गएको वर्ष नेपालमा ५ लाख ३५ हजार ९ सय ७० मात्र पर्यटक भित्रिएका थिए।

जानकारी तथा लेखहरु