फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाइनान स्वतन्त्र व्यापार क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापारिक कार्य स्तरोन्नति

(GMT+08:00) 2018-12-15 15:21:11

आउने वर्षको अप्रिलमा चीनको सबभन्दा कान्छो स्वतन्त्र व्यापार क्षेत्र—हाइनान स्वतन्त्र व्यापार परीक्षणात्मक क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार सम्बद्ध 'एकल झ्याल' को निर्माण ३.० संस्करण आधारभूत रूपमा पूरा हुने छ। साथै हाइनानमा व्यापार गर्ने वातावरणलाई कानुनी र अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने तथा सुविधाजनक बनाउने जनाइएको छ। हाइनान प्रान्तीय स्थायी उप प्रमुख माउ छाउफङले हिजो डिसेम्बर १४ तारिख पैचिङमा राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

हाइनान अन्तर्राष्ट्रिय व्यापारको 'एकल झ्याल'को निर्माण ३.० भनेको हाइनानको विशेषतायुक्त र प्रधान विकासमा रहेका उद्योग व्यवसायलाई लक्षित गरी लगानी तथा व्यापारको सुविधा क्षेत्रमा गरिने नविन कदमहरू हुन्। ती नविन कदमहरूको प्रमुख क्षेत्र सेवारत व्यापारको नविनता रहेको बताइएको छ। हालसम्म चीनको केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा हाइनान प्रान्तको संयुक्त सहयोगमा हाइनानको अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन गर्नको लागि हाइनान अन्तर्राष्ट्रिय व्यापारको एकल झ्याल लगायत जम्मा १२ वटा परियोजनाहरूको कार्यान्वयन भइरहेको छ।

जानकारी तथा लेखहरु