फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्बारा "पेरिस सम्झौता"को कार्यान्वयमा जोड

(GMT+08:00) 2018-12-15 15:23:06

चौध तारिख संयुक्त राष्ट्र संघ कातोवाइस जलवायु सम्मेलन "पेरिस सम्झौता"लाई कार्यान्वयन गर्ने सम्बन्धि वार्ता अन्तिम समयमा प्रवेश गरेको छ। सो अवधिमा जलवायु परिवर्तनबाट सामना गर्नु परेको विशेष मामिला सम्बन्धी चीनका प्रतिनिधि स्ये चङ ह्वा र जलवायु परिवर्तन वार्ता सम्बन्धी चीनको परराष्ट्र मन्त्रालयका विशेषता प्रतिनिधि कौ हाइ पोले पत्रकार सम्मेलन आयोजना गर्नु भएको छ।

पत्रकार सम्मेलनमा त्यसअघि चीन र फ्रान्सद्बारा एउटा वक्तवय प्रकाशित गर्दै सन् 2020 अघि जलवायु परिवर्तनबाट सामना गरिएको शक्तिलाई बढाउने र जलवायु सम्मेलनबाट पारित सम्झौतालाई कार्यान्वयन गर्नका लागि चीन र फ्रान्सले केही कारवाही चाल्ने बारेमा फ्रान्सका पत्रकारले प्रश्न गरेका छन्।

चिनियाँ प्रतिनिधि स्येले बहुपक्षीयतालाई समर्थन र कातोवाइस जलवायु सम्मेलनको सफलता सुनिश्चित हुने भन्दै चीन र फ्रान्सले सहयोगलाई सबल पार्ने बहुपक्षीयता र "पेरिस सम्झौता"मा समर्थन गरेका अन्य पक्षसँगको सहयोगलाई सबल पार्ने विचार औँल्याउनुभयो।

उहाँले हालैका वार्तामा केही गठिनाइ देखिएको भन्दै केही विकसित मुलुकले "क्योटो प्रोटोकल" र "पेरिस सम्झौता"मा विकासोन्मुख मुलुकलाई दिएको वचनबद्धताको पालना नगरेको बताउनुभयो। सन् 2020 अघि विकसित मुलुकले आफ्तो वचनबद्धता पालना गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

वार्ताको अन्तमा विभिन्न पक्षद्बारा स्वीकार गरिएको "पेरिस सम्झौता"को कार्यान्वयन सम्भव छ कि छैन भन्ने प्रश्नमा चीनका परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि कौ हाइ पोले केही समस्यामा केही मतभेद रहेको तर मतभेद ठूलो नभएको भन्दै छलफलमार्फत त्यस्ता मतभेद हटाउने सकिने बताउनुभयो।

जानकारी तथा लेखहरु