फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यअफ्रिकी समस्या समधान गर्न चिनियाँ प्रतिनिधिको आव्हान

(GMT+08:00) 2018-12-15 15:46:48

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी उप प्रतिनिधि उ हाइ थाउले डिसेम्बर तेह्र तारिख मध्य अफ्रिकामाथि विभिन्न क्षेत्रबाट धम्की आइरहेको भन्दै अफ्रिकाको अधिकारलाई सम्मान दिँदै अन्तर्राष्ट्रिय समाजद्बारा अफ्रिकालाई समर्थन दिनुपर्ने बतानउनुभयो।

सुरक्षा परिषदले मध्य अफ्रिकाको परिस्थिति र "लर्ड रेसिस्टेन्स आर्मी"को समीक्षा गर्ने बैठक आयोजना गरेको अवसरमा चिनियाँ उप प्रतिनिधि उले सो विचार व्यक्त गर्नु भएको हो। उहाँले हालै मध्य अफ्रिका क्षेत्रका मुलुक राजनीतिक प्रक्रियामा सकारात्मक सफलता प्राप्त गरिरहेको अवस्थामा "लर्ड रेसिस्टेन्स आर्मी" र "पिपुल कमिटेड टु द प्रोपोगेन अफ दि प्रोफेट्स टेक्निक एण्ड जिहाद" जस्ता सशस्त्र समूह र आतंकवादी समूहका कार्यबाट मध्य अफ्रिकी मुलुकले गम्भिर धम्की पाएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय समाजले यस्ता समस्यामाथि अझ ध्यान दिन आवश्यक रहेको पनि औँल्याउनुभयो।

केहि वर्षदेखि अफ्रिकी संघ, चीन-अफ्रिका आर्थिक समुदाय लगायतका संगठनले अफ्रिकी उपायमार्फत अफ्रिकी समस्याको समाधान गर्दै क्षेत्रीय शान्ति र विकास बढाउन ठूलो प्रयास गरिरहेको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय समाजद्बारा मध्यअफ्रिकाको समस्याको समाधानका लागि सम्बन्धित मुलुकको सुझावलाई पूर्ण रुपमा सुन्नुपर्ने विचार पनि राख्नुभयो।

उहाँले सुरक्षा र स्थिरतालाई साकार तुल्याउन क्षेत्रीय दीर्घकालीन विकासको आधार रहेको बताउनुभयो। चीनले मध्यअफ्रिकी मुलुकसँग सहयोग गर्दै सम्बन्धित मुलुकको सुरक्षा र स्थिरतालाई साकार तुल्याउन आर्थिक कठिनाइको सामना गर्नमा सकारात्मक भूमिका निर्वाह गर्ने कुरा चीनका स्थायी उप प्रतिनिधि उले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु