फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेता याङ च्ये छद्बारा अमेरिकी वैदेशिक नीति समितिका प्रतिनिधि मण्डलसँग भेट-वार्ता

(GMT+08:00) 2018-12-15 16:06:06

चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक व्युरो सदस्य एवं केन्द्रीय समिति वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छले हिजो डिसेम्बर चौध तारिख अमेरिकी प्यासिफिक कमाण्डका पूर्व कमान्ड तिमोथि जे किटिङको नेतृत्वमा अमेरिकी वैदेशिक नीति समितिका प्रतिनिधि मण्डलसँग भेट-वार्ता गर्नुभयो।

सो अवसरमा प्रमुख याङले त्यसअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता, सहयोग र स्थिरतामा चीन र अमेरिकी सम्बन्धलाई बढाउने स्वीकार गरेको स्मरण गराउनुभयो। उहाँले नेताहरुद्बारा भेट-वार्तामा हासिल सहमतिलाई दुवै पक्षले कार्यान्वयन गर्ने आवश्यक रहेको औँल्याउनुभयो।

अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख किटिङले अमेरिका र चीन महत्वपूर्ण सहयोग साझेदारी रहेको भन्दै दुवै पक्षले आदान-प्रदानलाई बढाउने, आपसी विश्वास बढाउने र साझा समृद्धिलाई साकार तुल्याउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु