फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालकरहित मिनिबस संचालनमा

(GMT+08:00) 2018-12-15 16:49:16

डिसेम्बर १४ तारिख चीनको हुपै प्रान्तीय उहान विकास क्षेत्रको लुङ लिङशान पर्यावरणीय पार्कमा चालक रहित मिनिबस संचालनमा आएको छ। उहान चीनमा चालकरहित बस संचालनमा आएको पहिलो शहर बनेको छ। 'पहिलो पटक चालकरहित बस देख्दा अचम्म लाग्यो। यस्ता बसमा बस्दा निकै स्थिरसँग चलिरहेको अनुभव पाएको छु।' उहानबासी फान काउस्याङले भन्नुभयो।

यो चालकरहित बसको लम्बाइ ४.७ मिटर र चौडाइ २ मिटर छ। यो बसमा १४ जना यात्रु एकैसाथ बस्न सक्छन्। बसमा स्क्यानिङ भर्‍याङ र क्यामरा जडान गरिएकाले वरिपरिको वातावरण थाहा पाएपछि बसमा राखिएको कम्प्युटरले कता/कसरी बस गुडाउने भन्ने निर्णय गर्दछ।

1  2  3  4  
जानकारी तथा लेखहरु