फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार र खुल्लापनको नयाँ यात्रा

(GMT+08:00) 2018-12-17 18:23:38

यस वर्ष चीनको सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सव हो। चीनको भविष्य कस्तो छ ? चीन साझेदार कि प्रतिद्बन्दी? चीन अवसर हो कि चुनौती ? भन्ने पश्चिमा जगतको आवाज पनि झन् झन् बढ्दै गएको सुनिन्छ। यस्तो पृष्ठभूमिमा डिसेम्बर 16 तारिख पैचिङमा शुरु भएको तेस्रो "चीनप्रतिको बुझाई" अन्तर्राष्ट्रिय सम्मेलनको ज्यादै विशेष अर्थ रहेको छ।

चीन सम्बन्धी विश्वको समझदारीलाई प्रबर्द्धन गर्ने र चीन तथा विदेश बीचको आदान-प्रदान एवं सहकार्यलाई अघि बढाउने उद्देश्य सहित अन्तर्राष्ट्रिय सम्मेलनको हैसियतले उक्त "चीनप्रतिको बुझाई" अन्तर्राष्ट्रिय सम्मेलन गत सन् 2013 र सन् 2015 मा बेग्ला बेग्लै गरी पैचिङमा आयोजना गरिएको थियो। यस वर्षको सम्मेलनमा लगभग 6 सय अतिथिको सहभागिता रहेको छ। तीमध्ये लगभग 40 जना विश्व प्रसिद्ध राजनीतिज्ञ, रणनैतिज्ञ र व्यवसायी पनि समावेश छन्।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनलाई बधाई सन्देश पठाउँदै चीनले निरन्तर रुपमा सुधारलाई गहन पार्दै जाने, सम्पूर्ण रुपमा खुल्लापनको विस्तार गर्दै जाने, नयाँ विकास हुने विचारधारालाई कायम राखेर व्यवहारमा उतार्दै जाने, चीनको अर्थतन्त्रको उच्चस्तरीय विकासलाई अघि बढाउँदै जाने र समस्त विश्वका लागि अझ बढी सहकार्य अवसर उपलब्ध गराउँदै जाने कुरामा जोड दिनुभएको छ।

चीनको सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सवको महत्वपूर्ण उपलक्ष्यमा सारा विश्वका राजनीतिज्ञ, रणनीतिज्ञ र व्यवसायीहरूले पैचिङमा भेला भएर तीन दिनको अवधिमा क्षेत्रीय विकास रणनीति, वैज्ञानिक-प्राविधिक सिर्जनशीलता, व्यवसायको सुधार र आधुनिक बैकिङ प्रणालीको निर्माण आदि दृष्टिकोणबाट चीनको विकासको नयाँ शक्ति र यात्राको ब्याख्या गर्दैछन्।

जानकारी तथा लेखहरु