फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सव

(GMT+08:00) 2018-12-18 15:14:12

सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सव सम्मेलन डिसेम्बर 18 तारिख पैचिङमा भब्यताका साथ आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सुधार र खुल्लापन चिनियाँ जनता र चीन राष्ट्रको विकासको इतिहासमा एउटा महान क्रान्ति हो भन्दै त्यस महान क्रान्तिबाट चिनियाँ विशेषतायुक्त समाजवादी कार्यको ठूलो प्रगति भएको कुरा औँल्याउनुभयो। उहाँले भन्नुभयो सुधार र खुल्लापन लागू भएका 40 वर्षयता सङ्कलन गरिएका मूल्यवान अनुभव चिनियाँ कम्युनिष्ट पार्टी र जनताका लागि साह्रै महङ्गो धनसम्पत्ति भएकाले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्न र विकसित पार्नका लागि ज्यादै महत्वपूर्ण निर्देशनात्मक अर्थ रहेको छ। त्यसै कारण सुधार र खुल्लापनलाई दीर्घ रुपमा कायम राख्नुका साथै वास्तविक गतिबिधिमा त्यसलाई झन् यथेष्ठ र विकसित पार्दै लगिनेछ।

उक्त सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले यु मिन लगायत सुधार र खुल्लापनका लागि वरिष्ठ योगदान गरेका 1 सयजना व्यक्तिको प्रशंसा गर्दै उनीहरूलाई सुधार र खुल्लापनका प्रणेता पदवी पनि वितरण गरिएको छ भने अलाइन मेरियाक्स लगायतका 10 जना अन्तर्राष्ट्रिय मित्रलाई चीनको सुधार मित्रता पदक पनि वितरण गरिएको छ।

जानकारी तथा लेखहरु