फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार र खुल्लापनबाट अझ ठूलो आविष्कारको सिर्जना

(GMT+08:00) 2018-12-18 16:43:42

"चीनको आविष्कार", "मानव जातिको विकास इतिहासमा रहेको आश्चर्यजनक उपलब्धि" आदि कुराहरू अन्तर्राष्ट्रिय समाजले चीनको सुधार र खुल्लापनका लागि गरेको भौतिक मूल्याङ्कन हुन्। यस्ता आविष्कार कसरी सिर्जना गरिएका छन्? ती आविस्कारबाट चीन र समस्त विश्वका लागि के फाइदा पुगेको छ? डिसेम्बर 18 तारिख पैचिङमा आयोजित सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सव सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्पूर्ण रुपमा बितेका 40 वर्षयता चीनको सुधार र खुल्लापनमा प्राप्त उपलब्धि, अर्थ र मूल्यवान अनुभवको पुन:सिंहावलोकन गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू र समस्त चिनियाँ जनतासमक्ष नयाँ युगमा निरन्तर सुधार र खुल्लापनलाई अघि बढाउँदै जाने प्रेरणात्मक आदेश पनि दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको सम्बोधनमा विचारधारा र सिद्धान्त, आर्थिक निर्माण, प्रजातन्त्र र राजनीति, सांस्कृतिक विकास, जनजीवनको सुधार, पर्यावरणीय संरक्षण, राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरण, शान्तिपूर्ण एकीकरण महा कार्य, शान्तिपूर्ण कूटनीति र पार्टीको निर्माण आदि दशवटा दृष्टिबाट बितेका 40 वर्षयता चीनको सुधार र खुल्लापनको क्रममा प्राप्त ऐतिहासिक उपलब्धिको पुन:सिंहावलोकन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, सुधार र खुल्लानबाट चीनको अनुरुप, चीन राष्ट्रको अनुरुप, चिनियाँ जनताको अनुरुप र चिनियाँ कम्युनिष्ट पार्टीको अनुरुपलाई परिवर्तित गरेको छ। समस्त विश्वले उहाँको सम्बोधनबाट चीनको सुधार र खुल्लापन सफल हुने किवर्ड फेला पार्नुबाहेक चिनियाँ नेता र जनताले सुधार र खुल्लापनलाई दीर्घ रुपमा कायम राख्ने दृढ अठोटको पनि अनुभव गर्नसक्ने छ।

जानकारी तथा लेखहरु