फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भाँडाकुँडामा कुँदिने पियोनी फूलको सौन्दर्य

(GMT+08:00) 2018-12-19 10:25:38

अप्रिल महिना लागेपछि हनान प्रान्तको लोयाङमा पियोनी फूल मुस्कुराउन थाल्छ। कलाकारहरूले पियोनीलाई कलात्मक रूपले हस्तकलाका सामग्रीमा उतार्ने गर्दछन्। पियोनी कुँदिएका माटाका भाँडाकुँडा, हस्तकला, चिनो, साँस्कृतिक तथा कलाका साथै व्यवसायिक उपहार बनेर स्वदेश विदेश जताततै फैलिएका छन्। सन् २००८ मा बेइजिङ ओलम्पिक, २००९ मा लोयाङ विश्व प्रदर्शनी, २०१० मा शाङहाई विश्व एक्स्पो, लगायत हरेक वर्ष जसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने गरी पियोनीको रूपले मोहित बनाएको छ। पियोनी फूल कसरी कुँदिने रहेछ? लोयाङ पुगेका बेला पत्रका लक्ष्मी लम्सालद्वारा खिचिएको यो भिडियोमा हेरौं।
जानकारी तथा लेखहरु