सन् 1978 देखि शुरु भएको सुधार र खुल्लापनले चीनलाई परिवर्तित पारेको मात्र नभई सारा विश्वलाई पनि गहिरो रुपमा प्रभाव पारेको छ। बितेका 40 वर्षमा विकासका उपलब्धिको पुन:सिंहावलोकन गर्नासाथ चीनलाई समर्थन र सहायता दिएका विदेशी मित्रलाई चीनले बिर्सन सकेको छैन।
सुधार र खुल्लापनको 40 औँ वार्षिकोत्सव मनाउने सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्दै चीनको सुधार र खुल्लापनको ख्याल-विचार गरेका र त्यसलाई समर्थन दिएका विदेशी साथी र विश्वका विभिन्न मुलुकका जनतालाई हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ। दशजना विदेशी साथीले चीनको सुधार मैत्रीपूर्ण पदक पनि पाएका छन्। विविध मुलुकका ती पुरस्कृतहरू चिकित्सा, निर्माण, इलेक्टोनिक वस्तु, खेलकुद, सेवा, राजनीति र बैकिङ आदि क्षेत्रमा कार्यरत् छन्। तैपनि उनीहरूको एउटा साझा नाम अर्थात् चीनको सुधार र खुल्लापनको प्रमाणकर्ता र योगदानकर्ता भन्ने रहेको छ।
बितेका केही वर्षयता विकसित हुँदै आएको चीनले सारा विश्वका लागि अधिकांश आश्चर्य र खुसी पनि ल्याएको देखिन्छ। चीनको ठूलो बजार धेरै विदेशी कम्पनीका लागि नयाँ आर्थिक बृद्धि बिन्दु बनेको छ। धेरै वर्षयता चीनले विश्व आर्थिक बृद्धिका लागि गरेको योगदान दर 30 प्रतिशतभन्दा बढी पुगेको छ। सन् 2013 देखि सन् 2017 सम्ममा चीनले बेल्ट एण्ड रोडका आबद्ध मुलुकमा निर्माण गरेका आर्थिक-व्यापारिक सहकार्य क्षेत्रबाट 2 लाख स्थानीय रोजगारी समाधान गरिएको छ। चीन दिनप्रति दिन विश्व मञ्चको केन्द्र नजिक पुगेर अन्तर्राष्ट्रिय समुदायद्बारा प्रमाणित विश्व शान्तिको निर्माणादाता, सारा विश्व विकास हुने योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक पनि बनिसकेको छ।