फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको गरिबी निवारण कार्य

(GMT+08:00) 2018-12-20 14:29:41

सन् 2018 चीनका लागि गरिबी निवारण तीन वर्षिय योजना लागू गरिएको पहिलो वर्ष हो। चिनियाँ समाजका विभिन्न क्षेत्रले अभूतपूर्व शक्तिद्बारा गरिबी निवारण कार्यलाई अघि बढाएर विश्व आकर्षित उपलब्धि प्राप्त गरेका छन्।

गत सन् 1978 मा सुधार र खुल्लापन नीति लागू भएयता अर्थात् बितेका 40 वर्षको अवधिमा चीनले मानव जातिको इतिहासमा सबभन्दा महान गरिबी निवारण प्रक्रियालाई बिताएको छ। त्यसको अर्थ के छ भने ग्रामीण क्षेत्रका 70 करोडभन्दा बढी विपन्न जनसंख्या गरिब अवस्थाबाट मुक्त भएका छन्। त्यो संख्या सारा विश्वको कुल जनसंख्याको दश खण्डको एक खण्ड बराबर रहेको हो।

सन् 2013 देखि हालसम्म हरेक वर्ष चीनमा झण्डै एक करोड विपन्न जनसंख्या गरिबी अवस्थाबाट मुक्त हुने गर्दछन्। सन् 2018 मा सारा देशको गरिबी दर 2 प्रतिशतभन्दा कममा झर्ने अनुमान गरिएको छ। विश्व बैंकका गभर्नर जीम योङले गत नोभेम्बरमा पैचिङमा चीनको गरिबी निवारण अनुभव सारा विश्वका लागि सिक्न लायक रहेको औँल्याउनुभएको थियो।

जानकारी तथा लेखहरु