फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको सम्बोधनप्रति हङकङ र मकाउद्वारा प्रशंसा

(GMT+08:00) 2018-12-20 15:34:22
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर अठार तारिख पैचिङमा आयोजित सुधार र खुलापन सुरु भएको चालीसौं वार्षिकोत्सव मनाउने समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँको सम्बोधनले हङकङ र मकाउमा हार्दिक प्रतिक्रिया प्राप्त गरेको छ। हङकङ र मकाउका मुख्य सञ्चारमाध्यमले चित्र र लेख आदि विविध उपायमार्फत राष्ट्राध्यक्ष सीको सम्बोधनलाई जानकारी दिएका छन्।

हङकङ 'वन ह्वी अखवार'ले एउटा टिप्पणी प्रकाशित गर्दै राष्ट्राध्यक्ष सीको सम्बोधनमा चालीस वर्षयता लागू गरिएको सुधार र खुलापनबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई उच्च मूल्याङ्कन गर्नुका साथै हङकङले अद्वित्तीय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

'मकाउ दैनिक अखवार'ले एउटा टिप्पणी प्रकाशित गर्दै राष्ट्राध्यक्ष सीको सम्बोधनमा सुधार र खुलापन लागू गरिएको चालीस वर्षमा प्राप्त अमूल्य अनुभवलाई जानकारी दिनुका साथै चीनले खुलापनलाई अझ बढी विस्तृत पार्ने र निरन्तर मानव भाग्य एकरुपताको निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु