फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना---कोरियन बार्बिक्यू

(GMT+08:00) 2018-12-28 11:27:10

यहाँलाई नयाँ वर्ष सन् २०१९ को स्वादिष्ट, रसिलो, भरिलो, सुगन्धमय, बास्नादार, गुलियो, अनि चटपटे शुभकामना।

चिनियाँ खाना विश्व प्रसिद्ध छ। हर एकको रोजाइमा कुनै न कुनै चिनियाँ परिकार मनपर्ने खानामा पर्छ नै भन्दा अतिशयोक्ति पनि नहोला। मेरो चीन बसाइको क्रममा यति धेरै चिनियाँ खानासँग साक्षात्कार गरियो त्यो भनेर साध्य छैन। केही मनपरेन होला तर धेरै परिकार मनपरेको मात्रै होइन जीवनमै पहिलो पल्ट देखियो, चाखियो। यस्तो तरिकाले पनि बनाउन मिल्दो रहेछ। जिब्रो पड्काउँदै यस्तो पनि हुँदो रहेछ भनियो, सुनियो। कति मीठो, स्वादिलो भन्दै धेरै पटक थरिथरिका परिकार खाइयो।

विशाल भूगोल र धेरै थरिका जातिको बसोबासले यहाँ धेरै प्रकारका परिकार छन्। चिनियाँ खानामा प्रचुरता छ, यथेष्टता छ। यस्तै चिनियाँ अल्पसंख्यक कोरियाली जातिको खानाको स्वाद र पकाउने शैलीको अनुभव हालसालै लिएँ। यहाँ सबैलाई नयाँ वर्ष सन् २०१९ को स्वादिष्ट, रसिलो, भरिलो, सुगन्धमय, बास्नादार, गुलियो, अनि चटपटे शुभकामना।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु