फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्षको शुभकामना सन्देश

(GMT+08:00) 2018-12-31 19:27:36


नयाँ वर्षको पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँवर्ष सन् 2019 को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। अब सुन्नुहोला राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण विवर‌णः

कमरेड, महिला तथा सज्जन बृन्द्ध र साथीहरुः

नमस्कार। समय कति छिटो बितिसकेको रहेछ। सन् २०१९ को घण्टी बज्न लागिरहेको बेला म यहाँनिर पैचिङमा तपाइँहरुलाई नव वर्षको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु।

सन्२०१८ मा हामीले यथेष्ठ र पर्याप्त समय बिताउँदै अडिगताका साथ अघि बढेका छौँ। यो वर्षमा हामीले थरी थरीका खतरा तथा चुनौती पार गर्दै आर्थिक उच्चस्तरिय विकासलाई अघि बढाउनुका साथै पुरानोदेखि नयाँ खालको इन्जिन शक्तिसम्म परि‌णत गर्ने कामलाई घच्घच्याएर आर्थिक संचालनलाई उचित अन्तरालमा कायमै राखिरहेका छौँ। निलो आकाश,हरियो पानी र सफा माटोको संरक्षणको युद्ध ‌जितेर अघि बढेका साथै जनजीवनसँग घनिष्ठ सम्बन्ध भएका कार्यहरुलाई पनि गतिशील पारेर जनताको जीवनलाई सुधार्दै आएका छौँ। पैचिङ,थ्येनचिन नगर तथा हपै प्रान्तसँगसँगै विकास भएको साथै याङ्सी नदी आर्थिक पेटीको विकास,क्वाङतुङ-हङकङ-मकाऊ ठूलो खाडी क्षेत्रको निर्माण लगायतका राष्ट्रिय रणनीतिको कार्यान्वयन पनि स्थिर रुपमा चलिरहेको छ। विभिन्न ठाँउमा निरीक्षण गर्दा मैले खुशीका साथ के देखेको छु भने याङ्सी नदीका दुई किनारामा हरियाली देखिन्छ। च्यानसानच्याङमा ६६६ हेक्टर खेतीमा धानको लहर पाइन्छ। शनचनको छ्यानहाइमा जीवन्त शक्ति पाइन्छ। शाङहाईको चाङच्याङ क्रियाशील भएको छ। हङकङ-चुहाइ-मकाऊ विशाल पुलले तीन ठाँउलाई जोडेको छ। उल्लिखित उपलब्धिहरु नै चीनका विभिन्न जातीय जनताहरुले कोशिश गरेर पाएका हुन् र नयाँ युगमा प्रयासरतहरुले पसिना बगाएर पाएका हुन्।

यसै वर्षमा चिनियाँ उत्पादन,चिनियाँ सिर्जना तथा चिनियाँ निर्माणले चीनको परिवर्तनमा निरन्तरता दिइरहेका छन्। छाङअ चौथो अन्वेष‌ण प्रबन्धको सफल प्रक्षेपण,दोस्रो विमानवाहक जहाजको सफल समुद्री यात्रा,चीनद्वारा उत्पादित जल स्थल दुवै प्रयोग योग्य विमानको पहिलो जलबाट सफल उड्यान,विश्वमा पैतौ नेभिगेशनको नेटवर्कको स्थापनाको पहिलो पाइला पूरा भएको छ। यहाँनिर हरेक वैज्ञानिक,इन्जिनियर,कामदार तथा सहभागीप्रति म सम्मान प्रकट गर्न चाहन्छु।

यसै वर्षमा गरिबी निवारण क्षेत्रमा प्रशस्त सुखबर पाएका छौं। चीनभरि अर्को १२५ वटा गरिब जिल्ला गरिबी अवस्थाबाट मुक्त भएका छन् भने ग्रामीण क्षेत्रमा १ करोड जनाले गरिबी अवस्थाबाट मुक्ति पाएका छन्। १७ किसिमका क्यान्सर प्रतिरोधी औषधिको मूल्य घटाएर चिकित्सा बिमामा समावेश गराइसकिएको छ र बिरामी भएकाले गरिब बन्ने समस्याको समाधान शुरू भइरहेको छ। मैले गरिबी निवारणका क्षेत्रमा कार्यरत कमरेडहरुलाई बारम्बार सम्झिराखेको छुः गाँउबस्तिमा जनमनधन दिएर कार्यरत २८ लाख जना क्याडरहरु,प्रथम सचिवहरुले आफ्नो स्वास्थ्यमा ख्याल विचार राम्रोसँग राख्नुहोला।

कठिन अवस्थामा परेका सर्वसाधारणहरुको याद पनि गरिरहेको छु। सछ्वान प्रान्तीय ल्याङशान सानह गाँउमा मैले यी जातीय किसान चिहाउएछ्यौ र चेलेअआमु यी दुई जनाका परिवारलाई भेटेको छु। शानतुङ प्रान्तीय चिनान सानच्यानसी गाँउमा मैले चाउ शुनलीको परिवारसँगै गफ गरेको छु। ल्याउ निङ प्रान्तीय फुशोन तुङह्वा युआन आबास क्षेत्रमा मैले स्थानीयबासी छन युफाङको घरमा पुगेर प्रकोपपछि सुरक्षित ठाँउमा सारिएको अवस्थाबारे जानकारी लिएको छु। क्वाङ तुङ प्रान्तीय छिङयुआन ल्यानचाङ गाँउबस्तिमा मैले गरिब किसान लु यिहसँग गरिबी निवारण उपायबारे कुराकानी गरेको छु। ती सर्वसाधारणहरु इमानदार र सदिच्छापूर्ण अनुहार हिजोआज पनि मेरो दिमागमा ताजै छन्। नव वर्ष आउन लागिरहेको उपलक्ष्यमा उनीहरुको जीवन झन् झन् राम्रो होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

यसै वर्षमा हामीले सुधार तथा खुलापन लागू भएको ४० सौं वार्षिकोत्सव भव्यताका साथ मनाएका छौं। साथै हामीले पार्टी तथा राष्ट्रिय संस्थाहरुको प्रणालीबद्ध,सर्वाङ्गीण र बनौ‌टमूलक सुधार गरेर १०० वटा महत्वपूर्ण सुधार कदमहरु चालेका छौँ। हामीले प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना साथै हाइनान स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रको निर्माण पनि शुरु गरेका छौँ। सुधार तथा खुलापन लागू भएपछि चीनमा चलिरहेको विकासलाई गतिशील पार्ने तथा सुधार र खुलापनको कार्यान्वयन गर्दै जाने चीनको अठोट निश्चिततालाई विश्वले देखेको छ। हाम्रो सुधार पाइला स्थगित हुँदैन र खुलापनको ढोका पनि ठूलो पार्दै जाने छौँ।

मैले के ध्यान दिएको छु भने चीनमा विश्वविद्यालय प्रवेश परीक्षा पुनः शुरु भएको पहिलो वर्षमा विश्वविद्यालयमा अध्ययनरत पहिलो चरणका विद्यार्थीहरु चालु वर्ष अधिकांश अवकाश भइसकेका छन् र सन् २००० पछि जन्मेकाहरुले विश्वविद्यालयमा प्रवेश गर्न थालेका छन्। हुखौ नभएका १० करोड जनाले शहरमा हुखौ पाउने कार्य जारी रहेको छ। १ करोड ३०लाख जनाले शहर तथा टाउन्सिपमा रोजगारी पाएका छन्। ‌झुप्रा बस्ती क्षेत्र समस्याको समाधानको लागि ५८ लाख फ्ल्याटको आवास क्षेत्र निर्माण शुरु भएकाले शहरका नयाँ बासिन्दाहरुले न्यानो घर पाउने छन्। हङकङ, मकाऊ तथा ताइवानका अधिकांशबासीहरुले मुख्य भूमिको आबास प्रमाण-पत्र पाएका छन् भने चीनको हाइस्पिड रेल नेटवर्कमा हङकङ पनि प्रवेश भएको छ। चीनमा फैलिरहेको समृद्ध विकासका लागि जिवन्त शक्तिले भरिएको देखिन्छ। हामीले सपनालाई साकार पार्ने कोशिश गरिरहेका छौँ।

यो घडीमा म विशेष गरी केही चम्किला नामहरु उल्लेख गर्न चाहन्छु। चालुवर्ष आकाशमा नान रनतुङ नामको तारा हाम्रो भिजनमा आएको छ जुन तारा नै नान रनतुङ नामक चिनियाँ वैज्ञानिकले पत्ता लगाएका हुन्। चिनियाँ सेनाका नमूनाहरुमा लिन च्युनत तथा चाङ छाउ दुई जनाको नाम पनि समेटिएको छ। ३२ वर्षसम्म सिमाना टापुको रक्षा गरिरहेका वाङ चिछाइलाई हामीले सम्झनुपर्छ। अ‌फशो फ्ल्याटफर्मको संरक्षण गर्नको लागि आफ्नो ज्यान गुमाएका ह्वाङ छ्विन, सोङ य्वेछाइ तथा च्याङ खाइपिन लगायत मात्रृभूमिको लागि ज्यान समर्पण गरेका बहादुरहरुलाई सम्झना गर्नुपर्छ। उनीहरु नै नयाँ युगमा सबभन्दा प्यारा मान्छे हुन् र हामीले उनीहरूलाई सँधै नै सम्झना गर्दै उनीहरुको काम सिक्नुपर्छ।

यसवर्ष धेरै नयाँ तथा पुरानो साथी चीन आएका छन्। हामीले पो आउ एशियाली मञ्च,शाङ्गहाइ सहयोग संगठनको छिङ ताउ शिखर सम्मेलन तथा चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन आदि कुटनीतिक कार्यक्रमको आयोजना गरेका छौँ। यसक्रममा हामीले चीनको अडान प्रस्तुत गरेको तथा चीनको आवाज सार्वजनिक गरेका छौँ। म र सहकर्मीसँगसँगै पाचवटा महाद्विपको भ्रमण गरेको अवधिमा अनेकौँ महत्वपूर्ण कुटनीतिक कार्यक्रममा भाग लिनुका साथै विभिन्न मुलुकका नेतासित विस्तृत आदानप्रदान गरेको छु। यसद्बारा मित्रतालाई प्रगाढ पार्नुका साथै विश्वासलाई अघि बढाएको र हाम्रो साथीको परिधिलाई पनि विस्तृत पारिएको छ।

सन् 2019 मा हामीले जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सव भव्यताका साथ मनाउने छौँ। बिगत सत्तरी वर्षको अवधिमा धेरै कठिनाइको सामना गरिएको छ। जनता चीनको अडिग आधार हुनुका साथै हाम्रो सुशासन गर्नका लागि सबभन्दा ठूलो शक्ति मानिएको छ। वितेका सत्तरी वर्षदेखि यत्ता चिनियाँ जनताले आफ्नो क्षमतामा भर परेर मेहनती भई विश्वको नजरलाई आकर्षित चिनियाँ चमत्कार सिर्जना गरेको छ। नयाँ बाटोमा जे कठिनाइ भोगे पनि हामीले जनतामा भर परेर आफ्नो क्षमतामा मेहनती हुनुका साथै अडिग विश्वास,सक्दो प्रयास,दृढ शक्ति तथा व्यावहारिक कार्वाहीमा विशाल कार्यलाई अघि बढाउनुपर्छ।

सन् 2019 अवसर र चुनौति सँगसँगै मौजुद रहेकाले सबैले सँगसँगै प्रयास गर्नुपर्ने आवश्यकता छ। व्यवसायको दवाव कम पार्नका लागि कर तथा शुल्क घटाउने राजनीतिक कदमलाई व्यवहारमा उतार्नुपर्छ। विभिन्न दक्ष व्यक्तिको जीवित आविष्कार तथा सिर्जना शक्ति सकारात्मक रुपमा निर्वाह गर्नका लागि तिनीहरुको सदिच्छापूर्वक सम्मान गर्नुपर्छ। जिम्मेवारी वहन गर्नसक्ने तथा भूमिका निर्वाह गर्नसक्ने पदाधिकारी अझ मेहनती तथा अझ फुर्तिला हुनका लागि आधारभूत तहका पदाधिकारीको मनको कुरा सुन्नुपर्छ। ग्रामीण क्षेत्रको एक करोड गरिबीको उन्मुलन कार्य निर्धारित समयमै सिध्याउनका लागि अझ सक्दो प्रयास गर्नुपर्छ। अवकाश सैनिकलाई हेरचाह गर्नुपर्छ। किनकि तिनीहरूले हाम्रो देशको संरक्षण गर्नका लागि योगदान गरेका छन्। यस बखतमा सामान ढुवानी गर्ने मान्छे,वातावरण सफा पार्ने कामदार,ट‍याक्सी चालक तथा करोडौँ कामदारले यथावत काम गरिरहेका छन्। हामीले रमणीय जीवनको सिर्जना गर्ने तथा संरक्षण गर्ने यिनै मान्छेहरूप्रति हौसला तथा धन्यवाद ज्ञापन गर्नुपर्छ।

विश्वव्यापी दृष्टिकोणबाट हेर्दा हाम्रासामु सयौँ वर्षमा नभएको ठूलो परिवर्तन देखा परेको छ। अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तन भएतापनि चीनको राष्ट्रिय सार्वभौमिकता तथा सुरक्षाको संरक्षण गर्ने विश्वास तथा अठोटमा कुनै पनि परिवर्तन हुँदैन। विश्वको शान्तिको संरक्षण गर्ने,संयुक्त विकासलाई बढाउने चीनको सदिच्छामा पनि कुनै पनि परिवर्तन हुँदैन। हामीले "बेल्ड एक रोड इनिसिएटिभ"निर्माणलाई सक्रियताका साथ बढाउने,मानव जातिको एक भाग्य समुदायको निर्माणलाई जारी राख्ने र एउटा अझ स्मृद्ध तथा रमणीय विश्वका लागि अथक प्रयास गर्नेछौँ।

नव वर्षको घडी बज्दैछ। हामीले हाम्रो मनमा विश्वास तथा प्रतिक्षा भरिदिँदै 2019 को स्वागत गरौँ।

चीनको शुभकामना। विश्वको शुभकामना।

सबैलाई धन्यवाद।

जानकारी तथा लेखहरु