फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकामा आगामी वैशाखदेखि बिजुली बस संचालन हुने

(GMT+08:00) 2019-01-01 14:24:01

नेपाल सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

संसद्को विकास तथा प्रविधि समितिमा सोमबार बोल्दै मन्त्री महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिकरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताउनुभयो। 'सार्वजनिक यातायातको अवस्थालाई पूरै सुधार गर्ने तयारीअन्तर्गत प्राधिकरण गठन गर्न लागेका हौं,' उहाँले भन्नुभयो, 'प्राधिकरणको कार्यक्षेत्र मुलुकभर रहन्छ।'

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलअनुसार प्राधिकरण गठन गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो। त्यसमा निजी क्षेत्रलाई पनि समेट्ने उहाँले बताउनुभयो। कम्पनी ऐनअन्तर्गत प्रालि गठन गर्न सकिने भन्दै उहाँले त्यसमा १ सयभन्दा बढी सेयर सदस्य रहने जानकारी दिनुभयो। 'प्राधिकरणले यातायात क्षेत्रको व्यवस्थापन गर्छ, प्राधिकरण बोर्डमा निजी क्षेत्रका व्यवसायी पनि रहन्छन्,' उहाँले भन्नुभयो। बिजुली बस उपत्यकाबाहिर चलाउनेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो।

 

जानकारी तथा लेखहरु